लालबाबु राउत मुख्यमन्त्री भएको खुशियालीमा वीरगञ्ज वासिन्दाले लगाईदिए १ सय १ किलोको माला

जनकपुरधाम, ३ फागुन । प्रदेश २ को मुख्यमन्त्री लालबाबु राउतलाई वीरगञ्ज महानगरपालिकाका वासिन्दाले १ सय १ किलोको माला लगाइदिएका छन् । बिहीबार जनकपुरमा सपथ लिएपछि उनलाई वीरगञ्ज महानगरपालिकाका जनप्रतिनिधि सहितको टोलीले १ सय १ किलोको माला लगाइदिएको हो ।

पर्सा क्षेत्र नम्बर १ (ख) बाट निर्वाचित राउत मुख्यमन्त्री भएको खुशियालीमा वीरगञ्जका वासिन्दाले उनलाई माला लगाइदिएका हुन् । संघीय समाजवादी फोरमका नेतासमेत रहेका मुख्यमन्त्री राउत पर्सा जिल्लाबाट प्रदेश सांसद निर्वाचित भएका थिए । मुख्यमन्त्री राउतले बिहीबार नै पदबहाली गर्दैछन् ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top