गैराखानमा करेन्ट लागेर एकजनाको मृत्यु

बैतडी, २९ माघ l बैतडीको पाटन नगरपालिका वडा नं ९ गैराखानमा करेन्ट लागेर एकजनाको ज्यान गएको छ । मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर ३९ वर्षीया पार्वती भाटको मृत्यु भएको प्रहरीले जनाएको छ । आइतबार बिहानको समयमा आफ्नै सुत्ने कोठामा मोबाइल चार्ज गर्ने बेला करेन्ट लागेर भाटको मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

scroll to top