बिद्यालयको बालुवा ढुवानी गर्ने ट्याक्टर दुर्घटना हुँँदा एक व्यक्ति को मृत्यु

कालिकोट,२९ माघ l कालिकोटमा बिद्यालयको बालुवा ढुवानी गर्ने ट्याक्टर दुर्घटना हुँँदा एक जनाको ज्यान गएको छ । जिल्लाको तिलागुफा नगरपालिकाको चौखोला र खाँडाचक्र नगरपालिकाको सेरावाडाकोबीच भागमा पर्ने हुण्डा घट्ट भन्ने ठाँउमा सोमबार ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना स्थलमै ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख निरक चौलागाईले सोमबार बिहान करीव १० बजेतिर बिद्यालयको बालुवा ढुवानी गर्ने ट्याक्टर दुर्घटना हुँदा खाँडाचक्र नगरपालिका वडा नं ५ का मिनराज हमालको घटना स्थलमै ज्यान गएको जानकारी दिनुभएको हो। जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं ७ स्थित कालिका मावि पिलीको भवन निर्माणका लागि बालुवा ढुवानी गर्ने सिलसिलामा भे १ त ३७२९ नम्बरको ट्याक्टर दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी इन्सपेक्टर चौलागाईका अनुसार उक्त दुर्घटनामा सवार अनुमानित ३५ वर्षीय मिनराज हमालको ज्यान गएको हो।तिला गुफा नगरपालिकाको वडा नं ७ बाट बालुवा लोड गरी खाँडाचक्र नगरपालिकाको वडा नं ७ पिली आउदै गर्दा सुर्खेत जुम्ला सडक खण्ड अन्तरगत हुण्डा घट्ट भन्ने ठाँउमा दुर्घटना भई सडकबाट करीव १ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा ट्याक्टर चालक सामान्य घाईते भएका छन्।दुर्घटना स्थल तिर जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टाली पठाएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

scroll to top