रसुवा सिस्नेरी एक घरमा आगो लाग्दा तीन बालिकाको मृत्यु

रसुवा, २९ माघ । रसुवाको नौकुण्ड गाउँपालिका–५ सिस्नेरी एक घरमा आगो लाग्दा तीन बालिकाको मृत्यु भएको छ। शनिबार दिउँसो सवा तीन बजे वीरबहादुर मोक्तानको घरमा लागेको आगोमा परेर तीन बालिकाको मृत्यु भएको हो।

मृत्य हुनेमा ६ वर्षिय बालिका अस्मिता मोक्तान, ७ वर्षिय बालिका रिपोला मोक्तान र ३ वर्षिय बालिका मंगली माया मोक्तान रहेका छन्। अस्मिता धन बहादुरको छोरी हुन् भने रिपोला र मंगलीमाया बीर बहादुरका छोरी हुन्। यी दुबै दाजुभाइको घर जोडेर बनाइएको थियो। आजको नागरिक दैनिकमा खबर छ ।

घरमा बुबाआमा नभएको समयमा बालिकाले घरमा भएको पोष्टर बालेका थिए । पोष्टर बाल्ने क्रममा बीरबहादुरको घर सल्कन पुगेको थियो । घर भित्रै रहेका यी बालिका गाउँले आउनुपूर्व जल्न पुगेका थिए। घरमा आगो लागेको देखेपछि गाउँलेले आगो नियन्त्रणको प्रयास गरेका थिए।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top