राष्ट्रिय क्रिकेट टिमका सदस्य अनिलकुमार शाहले केन्याविरुद्धको खेलमा डेब्यु गर्दै

काठमाडौं, २९ माघ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू को आफ्नो चौथो खेलमा नेपालले केन्याविरुद्ध पहिले फिल्डिङ रोजेको गर्ने भएको छ । नामिबियाको विन्डहकमा हुने खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्न लागेको हो ।

नेपालले यसअघि भएका तीन खेलमा दुईवटामा जीत र एउटामा हार ब्यहोरेको छ । नेपालले नामिबिया र युएईलाई पराजित गर्‍यो भने ओमानसँगको खेल गुमायो ।

नेपाल र केन्याबीच यसअघि विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत दुई म्याच भएका थिए । काठमाडौंमा भएको दुई म्याचमध्ये नेपालले एक जित र एक हार व्यहोरेको थियो l

राष्ट्रिय क्रिकेट टिमका सदस्य अनिलकुमार शाहले आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू अन्तर्गत केन्याविरुद्धको खेलमा डेब्यु गरेका छन् ।केन्याविरुद्धको खेलमा उनलाई नेपाली कप्तान पारस खड्काले राष्ट्रिय टोलीको क्याप हस्तान्तरण गरे ।

यसअघि पनि राष्ट्रिय टिममा स्थान बनाएका बलर अनिलले राष्ट्रिय टिमबाट पहिलो पटक मैदान उत्रिन लागेका हुन् । नामिबियाको विन्डहकमा केन्याविरुद्धको खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गरेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित