fbpx

भारतकाे कोठीमा बेचिएकी युवतीको उद्धार,एक दम्पती पक्राउ

author

समाचारपाटी

१ year अगाडि

दाङ । दाङमा एक युवतीलाई भारतको कोठीमा लगेर बेचेको आरोपमा प्रहरीले एक दम्पतीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा घोराही १४ स्थित लखन पार्क नजिकै होटल सञ्चालन गरी बस्ने ५२ वर्षीय बिमुसा सार्की र बिमुसाकी श्रीमती ३९ वर्षीया टोपली सार्की रहेका छन् ।

२० वर्षीया एक युवतीलाई रोजगारीको प्रलोभनमा भारतको कोठीमा लगेर बचेको आरोपमा उनीहरुलाई पक्राउ गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी प्रमुख वीरबहादुर वलीले जानकारी दिनुभयाे ।

प्रहरी प्रमुख वलीका अनुसार होटलकी सञ्चालक टोपलीले युवतीलाई भारतमा राम्रो काम लगाइदिने भनेर लोभ देखाएर युवतीलाई गत माघ २१ गते भारतको चन्ढिगढ पुर्‍याइयो । ‘राम्रो कमाइ हुने लोभ देखाएर बाँकेको नेपालगञ्जसँग जोडिएको भारतीय सीमा नाका रुपैडिहा हुँदै भारत पुर्‍याइएको रहेछ’ प्रहरी प्रमुख वलीले भन्नुभयाे, ‘त्यहाँ कोठीको सञ्चालकसँग मोटो रकम लिएर युवतीलाई बेचिएछ ।’

प्रहरी प्रमुख वलीका अनुसार कोठीमा पुर्याएर पीडित युवतीलाई १२ दिनसम्म वेश्वावृति गर्न लगाइएको थियो । पछि युवती बेचिएको खबर युवतीकी आमाले पाएपछि प्रहरीमा उजुरी दिएकाे कारण प्रहरीले उजुरीका आधारमा माघ २२ गते विभिन्न संघसंस्थाको समन्वयमा पीडित युवतीलाई कोठीबाट उद्धार गर्न सफल भयो ।

पीडित युवतीको उद्धार गरेर फागुन ४ गते प्रहरीले होटल सन्चालक दम्पतीलाई पक्राउ गरेको हो । दुवै जनालाई अदालतबाट म्याद थप गरि अनुसन्धान अघि बढाइएको छ । पक्राउ परेका दम्पतीलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण ऐन २०६४ अन्तर्गत कारवाही प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।

source:-onlinekhabar


काठमाडौं

बिहिबार, बैशाख ६, २०८१

२१.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने

सुजाता र अमृतको नयाँ लोकदोहोरी ‘आलुतामाले’ सार्वजनिक

देव बोहराको शब्द तथा लय सिर्जनामा  “नहसाउ शत्रु ”...