अर्जुनचौपारी गाउँपालिकाको प्रथम अबिधेशन भब्यताकासाथ सम्पन्न

पोखरा, २९ माघ l स्याङजा अर्जुनचौपारी गाउँपालिका पोखरा सम्पर्क समाजको आयोजनामा सम्पर्क समाजका अध्यक्ष डा. भवानी शंकर पौडेलको अध्यक्षतामा प्रथम अबिधेशन तथा रमाईलो बनभोज कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । शनिबार आयोजित कार्यक्रम पोखरा स्थित रातमाँटे डाँडा लेकसाईड मा सम्पन्न भएको छ । अर्जुनचौपारी गाउँपालिकाका बिभिन्न वडाहरुभित्र घर भई हाल पोखरा लेखनाथ महानगरपालिका मा बसोबास गरी बिभिन्न पेशामा आबद्ध रहका ब्यक्ति हरुको ब्यापक उपस्थिती रहेको थियो। सो कार्यक्रमको अबसरमा हालै निर्वाचित जनप्रतिनीथीहरु गाउँपालिका प्रमुख, उप–प्रमुख सहित सम्पूर्ण ६ वटै वडा अध्यक्ष ज्यू हरुलाई सम्मान सहित मायाको चिनो प्रदान गरीएको थियो।

सो अवसरमा जननिर्वाचित अध्यक्षहरु बाट समग्र गाउँपालिकाको बिकासको लागी एउटै धरातलमा उभिनुपर्ने र हिजो हामी जुन पार्टिमा आबद्धता थियौ र जुन पार्टीको प्रतिनिधी भएर काम गरेका थियौ । बिगतका राजनैतिकलाई बिर्सेर हामी सबैका साझा भई राजनैतिक भन्दा माथि उठी एउटै लक्ष्य लिई समग्र अर्जुनचौपारी गाउँपालिकाको बिकासको काम लाई प्राथमिकता दिने बताउनुभयो । जसरी हामी नमूना गाउँपालिका बनाउने अठोट र बाचा लिएका छौ । त्यसरी नै एउटै तन, मन बचनका साथ पुरा गर्ने छौ ।

त्यसै गरी प्रमुख अतिथी अर्जुनचौपारी गाउँपालिका प्रमुख दिर्र्घनारायण अर्यालले समग्र अर्जुनचौपारी गाउँपालिकामा जन्म थलो भई हाल पोखरामा बसोबास गर्नुहुने बिभिन्न पेशामा आवद्ध रहनुभएका बुद्धिजिबीहरु सँग अन्तरकृया गरी भाबी गुरुयोजना बनाई सोही अनुसार बिकासका कामलाई तिब्रता दिने बताउनुभयो । सोही अवसरमा शिक्षा आर्यमुलक कृषि र पर्यटकका लागी प्रचुर संभावना बोकेका डहरेदेउराली, भिरकोट र थाप्लेको लेकलाई समेत पर्यटक क्षेत्रको लागी अगाडी बढाउन आप्नो महत्वपूर्ण भूमिका रहने बताउनुभयो।

सोही कार्यक्रममा बिभिन्न क्षेत्रमा रही आ–आप्नो क्षेत्र बाट समाजलाई महत्वपूर्ण योगदान र सहयोग गर्ने दाताहरुलाई सम्मान र मायाको चिनो प्रदान गरीएको थियो। सम्पर्क सदन बाट हाल सम्मको आर्थिक प्रतिबेदन सम्पर्क सदनका कोषाध्यक्ष राजु काफलेले आय–ब्यय प्रस्तुत गर्नुभएको थियो र आम भेलाको अबिधेशन बाट नयाँकार्यसमितका बारेमा बिगतको कार्यकाल छोटो भएको र बाँकी कामहरु पुरा गर्न का निमित्त पुरानै कार्यसमितिलार्ई आगामी २ बर्षे कार्यकाल सामान्य हेरफेर बाहेक पुरानै पदाधिकारीहरुलाई जिम्मेवारी तोकिएको कार्यक्रम संचालक एवंम् अर्जुनचौपारी गाउँपालिका पोखरा सम्पर्क समाजका सचिब प्रताप पौडेलले जानकारी दिर्नुभयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित