पोखरा–सर्लाही सम्पर्क समितिमा भुजेल

पोखरा, २९ माघ l पोखरा–सर्लाही सम्पर्क समितिमालोकबहादुर भुजेल सर्वसम्मतअध्यक्षपदमाचयनभएका छन् ।  शनिबार पोखरामा सम्पन्न सर्लाहीबाट पोखरा आएर बसोबास गरिरहेकाहरुको भेलाले भुजेललाई तर्दथ समितिको अध्यक्षमा सर्वसम्मत गरेको हो ।  भेलालाई सम्बोधनगर्दै अखिल नेपाल ट्रेड यूनियनमहासंघ प्रदेश नम्बर ४ काअध्यक्ष रुद्र गौतमले सर्लाहीबाट पोखरा आएर विभिन्न पेसा, व्यवसाय र अध्ययनगरिरहेकाहरुको गठित सम्र्पक समितिलाईआगामीदिनमा सामाजिक रचनात्मककार्यक्रममाजोड दिनआग्रह गरे । तर्दथ समिति गठन भएसँगै अध्यक्षभुजेलले आफ्नो संस्थाको उद्देश्य नै सामाजिक रचनात्मककार्यमाजोड दिने रहेको औल्याए ।

‘एकले अर्कोलाई आपतमापर्दा सहयोग गर्नु नै मानवीयधर्म’ रहेकोबताउँदै हाल सर्लाहीबाट पोखरा आएर बसोबास गरिरहेको संख्याचार सय देखि पाँच सयको हाराहारीमा रहेको र उनीहरुलाई गोलबद्ध गरी गृह जिल्लासँगको सम्बन्ध सुमधुर बनाई आपतविपद् पर्दा सहयोग गर्ने माध्यमपोखरा सर्लाही सम्पर्क समितिबन्ने जिकिर गरे । कार्यक्रममाबोल्दै टेड यूनियनमहासंघ कास्कीकाअध्यक्षनविनअधिकारीले साझा उद्देश्यलिएर अघि बढेमामात्र संस्था दीर्घकालीन रुपमा अघि बढ्न सक्ने बताए ।  भेलाले सदस्यहरुमाकल्पना खड्का, पदमलामा, मंगललामा, करण लामा, वीरबहादुर लामा, अजितलामा, रामबहादुर थिन, धनसरी सन्तेन समेत सर्वसम्मतचयन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

scroll to top