लायन्स फुटवलमा सोमवारदेखी क्वाटरफाईनलका खेल

पोखरा, २९ माघ l लायन्स क्लव अफ पोखरा डाउन टाउनले लायन्स क्लवहरु विच आपसी भाईचारा र सम्वन्ध प्रगाढ वनाउने उदेश्यले आयोजन गरेको अन्तर लायन्स ऐट ए फुटवल प्रतियोगितामा सोमवारदेखी क्वाटर फाईनलको खेलहरु हुने भएको छ ।  लायन्स क्लव डिष्ट्रिक ३२५ वि १ अन्तर्गतका क्लवहरुले सहभागिता जनाएको प्रतियोगितामा आईतवार भएको खेलमा लायन्स क्लव अफ पोखरा स्टक, लायन्स माछापुच्छे, लायन्स क्लव हेम्जा र लायन्स क्लव अफ पोखरा डाउन टाउन विजयी भएका छन् ।

क्वाटरफाईनलको पहिलो खेल सोमवार लायन्स डाउन टाउन वि र सुन्दर नगरी, लायन्स मुनाल र ग्लोवल लेकसिटी, लायन्स स्टक र लायन्स हेम्जा तथा लायन्स माछापुच्छ«े र डाउनटाउन वि को विचमा हुने प्रतियोगिता संयोजक भानुभक्त अधिकारीले जानकारी दिए ।   प्रतियोगितामा विजेतालाई नगद ५५ हजार ५ सय ५५ तथा उपविजेता टिमले नगद ३३ हजार ३ सय ३३ रुप्रैयाँ, ट्रफी र प्रमाणपत्र पाउने छन् । त्यसैगरि उत्कृष्ट खेलाडीहरुलाई पनि ट्रफि र प्रमाणपत्र पाउने छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित