हलमा पुगेकाअनमोल केसी लाई दर्शकको भिडबाट निकाल्न हम्मेहम्मे(भिडियो सहित)

काठमाडौँ,२८ माघ l चलचित्र ‘कृ’ले रिलिजको दोश्रो दिन शनिबार देशभरका हलमा आक्रामक व्यापार गरेको छ । काठमाण्डौमा चलचित्रको व्यापार बम्पर छ । शनिबार बिहानैदेखि काठमाण्डौका सिंगल र मल्टिप्लेक्स हलमा चलचित्रको आक्रामक व्यापार देखियो । काठमाण्डौको सर्वाधिक चर्चित हल मानिएका गोपिकृष्ण मुभिज र अष्टनारायण पिक्चर्समा चलचित्रको व्यापार बम्पर रह्यो ।

गोपिकृष्ण मुभिजमा बिहानी शोमा ४ वटा हल हाउफूल रहे । दिउँसो सवा २ बजेको शोमा गोपिकृष्णका ६ वटा पर्दा हाउसफूले रहे । नेपाली चलचित्र पहिलो पटक एकसाथ ६ वटा पर्दामा लागेको हल संचालकले जानकारी दिएका छन् । बलिउड चलचित्र ‘प्याडम्यान’लाई समेत गोपिकृष्ण मुभिजको कृष्ण हलबाट नेपाली चलचित्र ‘कृ’ले विस्थापित गरिदियो । शनिबार काठमाण्डौको अष्टनारायण हलमा बिहानी शोदेखि रात्रीकालिन शोसम्म ४ वटै पर्दामा ‘कृ’ हाउसफूल रह्यो । हिन्दी चलचित्रलाई हटाएर दिनभर अष्टनारायणका ४ वटै पर्दामा नेपाली चलचित्र ‘कृ’ देखाइएको थियो ।

हलमा अनमोलको यस्तो क्रेज
नायक अनमोल केसी र नायिका अदिती वुढाथोकी शनिबार काठमाण्डौका २ हलमा पुगे । दिउँसो सवा १ बजे काठमाण्डौको गोपिकृष्ण हलमा पुगेका अनमोल र अदितीलाई ६ जना बडिगार्डको सुरक्षा दिइएको थियो । अगाडि प्रहरीको भ्यान र पछाडि ६ जना बडिगार्डको सुरक्षामा हल पुगेका अनमोल र अदितीलाई दर्शकको भिडबाट निकाल्न हम्मेहम्मे परेको थियो । अनमोललाई देखेर धेरै यूवती रोएका थिए भने कतिपयले अटोग्राफ मागे । गाडीबाट हलसम्म पुग्न अनमोललाई लामो समय लाग्यो । दर्शक गाडीमै चढेपछि अनमोल बाहिर निस्किएर सबैलाई अभिभावदन गरे र धन्यबाद भनेका थिए ।

 

 

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top