डिभिजन टू मा नेपाल र यूएईबीचको खेल मौसमका कारण ढिलाइ

काठमाडौं, २८ माघ । आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू मा नेपाल र यूएईबीचको खेल खराब मौसमका कारण ढिलाइ भएको छ ।आइतबार दिउँसो सवा १ बजे सुरु हुनुपर्ने खेल खराब मौसमका कारण ढिलाइ भएको हो । नामिबियाको विन्डहोकमा मैदान ओसिलो भएका कारण खेल सुरु हुन नसकेको हो । खेल सञ्चालन हुने वा नहुने टुंगो नलागेकाले टस पनि गरिएको छैन ।

अब केही बेर पछि खेल सञ्चालन गर्न सक्ने वा नसक्ने टुंगो लगाउने छन् । डिभिजन टू मा नेपालले यसअघि भएका दुई खेलमा नामिबियालाई पराजित गरेको थियो भने ओमानसँग हार ब्यहोरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

scroll to top