गण्डकीधौलागिरी ट्यांकर चालक संघमा पाण्डे

पोखरा लेखनाथ,२८ माघ l गण्डकी धौलागिरी ट्यांकर चालक संघको शनिवार सम्पन्नछैटौ अधिवेशनले खडानन्द पाण्डेको अध्यक्षतमा ११ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको छ ।  समितिको उपाध्यक्षमा डम्वर वहादुर क्षेत्री, सचिवमा शिव वहादुर पौडेल, कोषाध्यक्षमा राजेन्द्र शर्मा, सहसचिवमा केशवराजअधिकारी रहेका छन् । सदस्यहरुमा विनोद श्रेष्ठ, विष्णु उपाध्याय, रामहरि ओझा, नारायण घिमिरे, गोपाल क्षेत्री र डिल वहादुर थापा मगर रहेका छन् । अधिवेशनको उद्घाटनगर्दै नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष कपिल प्रसाद अधिकारीले ट्यांकर चालकहरुले मर्यादितएवं इमान्दार भएर ढुवानी गर्न आग्रह गरे । उनले पेट्रोलियम पदार्थको परिमाण कमहुनुमा विभिन्न कारण भएपनि कहिले काही चालकहरुलाई दोष आउने गरेको उल्लेख गर्दै, त्यसमा गंभिर हुनआग्रह गरे ।

संघका अध्यक्षप्रदिप खड्काको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसियनका अध्यक्ष राजनगोगंजु, गण्डकी टयांकर व्यवसायी संघका अध्यक्ष सुरेन्द्ररमण पराजुली लगायतले पेट्रोलियम ढुवानीका समस्याका विषयमा बोलेका थिए । कार्यक्रमको संचालन सचिव शिववहादुर पौडेलले कार्यक्रम संचालन गरेका थिए । गण्डकी धौलागिरी ट्यांकर चालक संघमा ८० जनाचालकआवद्ध रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

scroll to top