नेरेसो हेमजा उपशाखा द्धारा शुक्रबार हेमजामा निशुल्क दन्त शिविर

हेमजा २७, माघ  नेपाल रेडक्रस सोसाइटी उपशाखा, युवा रेडक्रस सर्कल हेमजाको आयोजना र पश्चिमाञ्चल डेन्टल होम प्रा.लि. को प्राविधिक सहयोगमा शुक्रबार हेमजामा निशुल्क दन्त शिविर सम्पन्न भएको छ ।  शिविरमा पश्मिाञ्चल डेन्टल होम प्रा.लिका प्रमुख कार्यकारी अधिकृत हेम नारायण चाँपागाईको नेतृत्वमा डा. कमल चपाई, डा. कल्पना पौडेल, पब्लिक हेल्थ अफिसर राम कुमारी श्रेष्ठ, हेल्थ एसिस्टेन्ट तुलसी थापा लगायतले दन्त परिक्षण गर्नुभएको थियो ।  जेष्ठ नागरिक समन्वय समिति हेमजाका अध्यक्ष निलकण्ठ पौडेल बाट शुभारम्भ गरिएको दन्त शिविरमा ९४ जनाले दन्त परिक्षण गराएका थिए । दन्त परीक्षण गराएकाहरु मध्येमा दात भर्न पर्ने, दाँत सफा गर्ने र दात उखेल्न पर्ने समस्या देखिएको डा. कल्पना पौडेलले जानकारी दिनुभयो ।

यसअघि कार्यक्रमको औपचारिक उद्घाटन सत्रमा बोल्दै कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएका नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका महामन्त्री कृष्ण तिमिल्सिनाले प्राकृतिक विपत्तीका क्षेत्रमा मात्र नभई, मानवीय कार्यका हरेक क्षेत्रमा रेडक्रसले कार्य गर्ने बताउनुभयो । उहाँले हेमजा उपशाखाले हरेक गतिविधिहरुमा क्रियाशिल रुपमा अगाडी बढीरहेको उल्लेख गर्नुभयो ।  कार्यक्रममा पश्चिमाञ्चल डेन्टल होम प्रा.लिका प्रमुख कार्यकारी अधिकृत हेमनारायण चापागाईले विभिन्न संघ संस्थाहरु सँग सहकार्य गर्दे आफूहरु हरेक कुना काप्चामा पनि दन्त सेवाको लागि तप्पर हुने बताउनुभयो ।

पत्रकार सुदीप त्रिपाठी प्रतीकले नेरेस हेमजा उपशाखाले मानवीय सेवाका हरेक क्षेत्रमा कार्य गर्दे अगाडी बढेकोमा खुशी प्रकट गर्दे, आगामी दिनमा पनि थप मानवीय सेवामा तत्पर हुन उपशाखालाई अनुरोध गर्नुभयो ।  वडा नागरिक मञ्च संयोजक रमा त्रिपाठीले रेडक्रस एक विशुद्द सामाजिक संस्था भएको हुदाँ आपत विपदका वेलामा मात्र नभई अन्य अवस्थामा पनि क्रियाशिल रुपमा लाग्नुपर्ने औल्याउनुभयो ।  नेरेसो हेमजा उपशाखा सभापति कृष्ण प्रसाद पौडेलको अध्यक्षतामा सञ्चालित कार्यक्रममा उप सभापति पूर्णलाल भण्डारीले स्वागत सदस्य आरती अधिकारीले सात सिद्धान्त वाचन गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव तिलक प्रसाद तिम्सिनाले गर्नुभएको थियो ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top