नवलपरासी (बर्दघाट सुस्ता पूर्व) स् लागूऔषध सहित २ जना पक्राउ

४ नं। प्रदेश अन्तर्गत घटेका घटना तथा प्रहरी गतिविधिहरु

नवलपरासी, २६ माघ l जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गैडाकोट नगरपालिका १४ अमरापुरी स्थित पुर्व पश्चिम राजमार्गमा ई।प्र।का। रजहर नवलपरासी पूर्वबाट खटिएको प्रहरी टोलीले हाईवयमा चेक जाच गर्ने क्रममा कावासोतीबाट नारायणघाट तर्फ जादै गरेको लु ३३ प ४२८२ नम्बरको स्कुटरमा सवार जिल्ला चितवन भरतपुर म।न।पा। २ क्षेत्रपुर बस्ने बर्ष २९ को कमल लामा र ऐ। बस्ने बर्ष २६ कि रोमा घले लामाले झोलामा लुकाई छिपाई ल्याएको डाईजेपाम सेरिज्याक ८३ एम्पुल, नुफिन ८३ एम्पुल, र फेनार्गन ८३ एम्पुल, लागूऔषध बरामत गरी निज दुबै जनालाई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वमा ल्याई राखिएको । थप अनुसन्धान जारी ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top