अपराधी पहिचान गर्ने अब चश्माको प्रयोग गर्दै छ चीन

चिन, २५ माघ l अपराधी पहिचानका लागि भन्दै चीनमा सुरक्षाकर्मीका लागि विशेष चश्मा प्रयोगमा ल्याइएको छ । अन्तराष्ट्रिय समाचार संस्थाहरुका अनुसार    नयाँ वर्षका लागि सुरक्षाको ‘हाइटेक’ व्यवस्थाका लागी भन्दै यस्तो सुरक्षा सर्तकता अपनाइएको हो ।

ठूलो संख्यामा चिनियाँहरु रेल तथा अन्य सार्वजनिक यातायातमार्फत घुम्न जाने भएकाले उनीहरुमाथि निगरानी गर्नका लागी यस्तो शर्तकता अपनाइएको हो । भीडमा संदिग्धलाई पहिचान गर्न यस प्रकारको चश्मासहित सुरक्षाकर्मीलाई भीडभाड हुने क्षेत्रमा तैनाथ गरिने अन्तराष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।

सीसीटीभी क्यामेरासहितको चश्मा लगाएका सुरक्षाकर्मी ठाउँठाउँमा राखिएपछि आपराधिक नियत सहित अपराधीहरुले सहजै आफ्नो संदिग्ध गतिबिधि गर्न पाउने छैनन् । यो प्रविधि प्रयोगमा ल्याइसकेपछि मानव तस्करी र ‘हिट एन्ड रन’ सँग सम्बन्धित सात आरोपीलाई पक्राउ गरिएसँगै यसको कार्यान्यन सफल हुनेमा अधिकारीहरु विश्वस्त छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

scroll to top