न्याश्नल ईन्भेन्टिभको स्वास्थ्य सिविरमा ५ सय जनाको स्वास्थय परिक्षण

पोखरा, २५ माघ । पोखराको बैदाममा रहेको न्याशनल ईन्भेन्टिभ माविको २०औँ वार्षिकोत्सवको अवसरमा बृहत शैक्षिक प्रर्दशनी तथा निशुल्क स्वास्थ्य सिविर बुधबार सम्पन्न भएको छ । कार्यक्रम अन्र्तगत विज्ञान, गणीत, समाजिक शिक्षा, नेपाली, अंग्रेजी र व्यवसायिक शिक्षाका विविध विधाहरुमा विद्यार्थीहरुले तयार पारेका विभिन्न शैक्षिक सामाग्रीहरुको प्रर्दशन गरिएको थियो ।

यस्तै रिजनल हस्पिटल पोखराको सहयोग एवं विद्यालयको व्यवस्थापनमा बृहत निशुल्क स्वास्थ्य सिविर आयोजना गरिएको थियो । उक्त शिविरमा करिब ५ सय जनाले स्वास्थ्य परिक्षण गराएका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं प्रदेश नं ४ का सांसद राजीव पहारीले विद्यानलयको सामाजिक उत्तरदायित्व अन्र्तगत स्वास्थय परिक्षण शिविर आयोजना गरेकोमा प्रसंशा गर्नुभयो । उहाँले बैदाम क्षेत्रमा रहेका विद्यालयमध्ये न्याश्नल ईन्भेन्टिभ माविले गरेको शैक्षिक उपलब्धीको समेत सरहाना गर्नुभयो ।

यस्तै विद्यालयका प्राचार्य उमा लामिछानेले यो वर्ष फरक किसिमले वार्षिकोत्सव मनाउने उद्येश्य अनुरुप शैक्षिक प्रर्दशनी र स्वास्थ्य सिविर आयोजना गरिएको बताउनुभयो ।

विद्यालयका संस्थापक निर्देशक कुलबहादुर लामिछानेको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि राजीव पहारी, विद्यालयका संस्थापक प्राचार्य उमा लामिछाने, पृथ्वीनारायण क्याम्पसका निमित्त क्याम्पस प्रमुख विश्वराज अधिकारी, वडा नं ६ का पोखरा प्रतिनिधि चन्द्रकान्त पौडेल लगायते आ-आफ्नो भनाई राख्नुभएको थियो ।

कार्यक्रममा सहभागि भई स्वास्थ्य परिक्षणमा सहयोग गर्ने रिजनल हस्पिटलका डाक्टर, नर्श तथा प्रतिनिधिहरुलाई धन्यवादका साथै सम्मान पत्र प्रदान गरिएको थियो । उक्त कार्यक्रमको सञ्चालन विद्यालयका एकेडेमीक डिन सि वि पोखरेलले गर्नुभएको थियो ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

scroll to top