प्रदेश ४ मा राष्ट्रियसभा मतगणना शुरु, दलित तर्फ खेमबहादुर विजयी

पोखरा, २३ माघ । राष्ट्रियसभा चुनावको प्रदेश ४ को मतगणना शुरु भएको छ । पछि मतपरिणा अनुसार दलित कोटामा एमालेका खेमबहादुर विक विजयी भएका छन् । उनले नेपाली काग्रेसका जीतबहादुर नेपालीलाई हराउदै बिजयी बने । विकले ३३ सय ९६ मत प्राप्त गरे भने नेपालीले २२ सय ९८ मत प्राप्त गरे ।

क्षेत्रिय निर्वाचन कार्यालय पोखरा अहिले मतगणना भइरहेको छ । खुल्ला तर्फ वाम गठबन्धनबाट खुला सदस्यमा पर्वतका गणेश तिमिल्सीना, बागलुङका दिननाथ शर्मा, नेपाली काग्रेसका गोरखाका सुरेन्द्र पाण्डे र राष्ट्रिय जनमोर्चाले खुलामा कृष्ण अधिकारी प्रतिस्पर्धामा छन् ।

त्यसै गरि महिला तर्फ वाम गठबन्धनबाट बागलुङकी शान्ती जिसी, लमजुङकी दीपा गुरुङ, नेपाली काग्रेसबाट कास्कीकी बृन्दा राना र राष्ट्रिय जनमोर्चाकी मीना पुन चुनावी मैदानमा छन् ।

स्थानीय तहका १ सय ७० जनाको ३ हजार ६० मतभार र प्रदेश सभा सभासद् ५९ जनाको २ हजार ८ सय ३२ मतभार रहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित