नरेन्द्र मोदीकी पत्नी जसोदाबेन दुर्घटनामा परि घाइते

भारत, २४ माघ l भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी पत्नी जसोदाबेन दुर्घटनामा परी घाइते भएकी छन् । भारतिय मिडियाका अनुसार राजस्थानको चित्तौडगढमा एक कार्यक्रममा सहभागी हुन जाने क्रममा उनी सवार मोटर दुर्घटना हुँदा उनी घाइते भएको बताइएको छ ।

दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मोदीकी पत्नी जसोदाबेद लाई अस्पताल भर्ना गरिएको बताइएको छ । विवाहलगत्तै मोदी घरबार त्यागेर हिँडेपछि जसोदाबेन एकल महिलाका रुपमा बस्दै आएकी छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित