कतारमा १३ जना युवा अलपत्र छिटो उद्धार गर्न युवाहरुको आग्रह

रामेछाप,२४ माघ । कुक र वेटरको काममा कतार गएर अलपत्र परेका १३ जना युवाले छिटो उद्धार गर्न आग्रह गरिए पनि अहिलेसम्म कहीँकतैबाट पहल भएको छैन । कम्पनीले नेपाल फर्काउन करारपत्र रद्द गरिएको कागजमा हस्ताक्षर गराएपछि १३ कामदारहरु अलपत्र परेका हुन् ।

म्यानपावरबाट हवाई टिकट मगाएर नेपाल फर्कनु भन्दै कम्पनीले समय आँफुहरुलाई अप्ठ्यारोमा पारेको अलपत्र युवक रामेछापका केशर रैका मगरले जानकारी दिए । त्यस्तै अलपत्र पर्नेमा तनहुँका शेखर थापामगर, झापाका निर्मल काफ्ले, अर्घाखाँचीका राजन खड्का, सुर्खेतका रत्नबहादुर खड्का छन् ।

त्यस्तै पर्वतका खेमबहादुर सुनुवार, तनहुँका ऋखिश्वर सिंजाली मगर, सर्लाहीका गणेश बम्जन, सिन्धुपाल्चोकका नवराज भण्डारी, कास्कीका एकराज गौतम, तनहुँका माधव पोखरेल, स्याङ्जाका बिमल राना र सुनसरीका गोपालप्रसाद दाहाल रहेका छन् । पाँच महिनाअघि ड्राइभर भिसामा गएका सुनसरीका गोपाल आफ्ना बुबा बित्दा समेत स्वदेश आउन पाएनन् । १२ दिन अघि निधन भएका गोपालले बुवाको किरिया गर्न समेत नपाएपछि निकै तनावमा छन् ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top