अध्यक्षको प्रतिवेदन

पोखरा,२३ माघ l आजमिती २०७४ साल माघ २० गते वर्दिया पोखरा समपर्क मञ्चको पहिलो अधिवेशनमा तथा वनभोज कार्यक्रममा उपस्थित हुनु भएका सम्पुर्णअथिती तथा मञ्चका सदस्य साथीहरुमा म यस सस्थाको तदर्थ समितीअध्यक्ष दिपक पौडेलको तर्फ स्वागतगर्न चाहन्छु । साथै यो तदर्थ समितीलाई आजको दिनसम्म सहयोग गरेर पहिलो अधिवेशन सम्मल्याई पुर्याउनुहून सवै सुभचिन्चकतथा  साथीहरुमा पनि विशेष नमनगर्न चाहन्छु ।

यो छोटो अवधिमा सस्थाले गरेका केहि महत्वपुर्ण कार्यहरुलाई यो सम्मानितसभा समक्ष प्रस्तुतगर्न चाहन्छु । हामीले यहिवर्षको भदौ ३१ गते १३ जना साथीहरुको उपस्थितीमातदर्थ समिती गठन गरेकाथियौ । तदर्थ समितीनिर्माण गर्नु भनेको पोखरामा विभिन्न पेशा तथा कामले अस्थाई रुपले वस्नु भएका सम्पुर्ण वर्दियालीहरुलाई एक स्थानमा रहेर आफ्ना कला सस्कृती, रहन सहन र आत्मीयता साटासाट गरी सुखमा रमाईलो मनाउन र दुखमा सहानुभुती दिई पीडा कमगर्न सकिन्छ कीभन्ने लक्ष्यले स्थापना गरिएको हो । सोहि अनुसार जिल्ला प्रशासन कार्यालय कास्कीवाट नियमानुसार दर्ता प्रकृयामा गई हामीअहिले पहिलो अधिवेशनमाआईरहेका छौ । हामीले सस्थाको लागि उपयुक्त विधानको मस्यौदा तयार गरी अन्तिम चरणमा रहेका छौं । स्थापना पछिको पहिलो कामहामीले पोखरामा रहेका सवै वर्दियालीहरु लाई मञ्चमा एक वद्ध गराउनु थियो त्यहिअनुसार हामीले सम्भव भएसम्मका साथहिरुलाई जानकारी गराउने काम गरिरहेका छौ ।


असौजको १६ गते हामीले देशै भर आएको वाढीवाट क्षतीवाट वर्दिया पनि अछुतो रहेन । हामीले यो अवस्थामा ठुलै सहयोग गर्न नसकेपनि हामीले दुखी र पीडित मनहरुलाई थोरै भए पनि मल्हम लगाउने काम गर्यौं । हामीले पोखरावाटै पहल गरी वुटवलमा मुख्य कार्यालय रहेको पश्चिम नेपाल विकास मञ्चलाई अनुरोध गरी वर्दियाको वासगडी नगरपालिका वडा नं ९ र ठाकुर वावा नगरपालिका वडा नं ७का एक सय ५ परिवारलाई प्रारम्भीक आवस्यकताका वसतुहरु ( लत्ताकपडा र खाद्ययान्न ) उपलव्ध गरायौं ।

पोखरामा रहेका सवै वर्दियालीलाई पुनएकिकृत गर्न विजयादशमीको शुभकामनाआदनप्रदान र भेटधाट कार्यक्रम समपन्न गरियो ।
यस्तै वर्दियामा रहेका सम्पुण सरोकारवाला र स्थानिय जनप्रतिनिधीको उपस्थितीमा वर्दियाको वासगडीमा पनि महानवमीको दिनमा शुमकामनाआदनप्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न गरियो ।  आज हामीले पुन भेटघाट तथा वनभोजका माध्ययमवाट यहाहरु समक्ष उपस्थित भएका छौ ।

हामीले भावि कार्यक्रमका रुपमा त्यस्ता ठुला र महत्वाकाक्षि योजना नवनाए पनि केहि कामहरु गर्नु पर्ने महसुस गरेका छौं । सस्थालाई विधिवत रुपमाजिल्ला प्रसाशन कार्यालयमा दर्ता गर्नु पर्ने छ । पोखरामा रहेका सवै वर्दियालीलाई कुनै सभा समारोहमाआफ्नो  रिचयदिदागर्वका साथवर्दिया भन्न सक्ने वातावरण वनाउनु पर्ने छ ।  कम्तिमा पोखरामा रहेका सवैहामी वर्दियाली लाई कुनै समस्या र केहि अवरोध हुदा एक भएर कामगर्ने वातावरण वनाउनु पर्ने छ ।  वर्दियाका पर्यटकीय स्थलहरुको वारेमा पोखरामा रहेका सवैलाई जानकारी गराई , वर्दियाको पर्यटनमा आन्तरिक पर्यटकको संख्यामा विशेष योगदान दिनु पर्ने छ ।

कास्की र वर्दियालाई जोड्ने गरी विशेष कार्यक्रमहरु संचालनगर्नु पर्ने छ ।  सस्थालाई मजभुत वनाउनका लागिआजिवन र साधारण सदस्यका रुपमा सवै साथीहरुलाई आवद्ध हुन अनुरोध गरिने छ ।  यी वाहेकका सवै साथीहरुसँग सहकार्य गरी आवस्यकता र भै परि आउने कार्यक्रमहरुलाई पनिप्रभावकारी रुपमा सवै साथीहरुको उपस्थितीमा सम्पन्नगर्नु त छदै छ ।

अध्यक्ष
दिपकपौडेल
तदर्थ समिती
पोखरा वर्दिया सम्पर्क मञ्च

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top