प्रदेश नं. ४ को ऐतिहासिक पहिलो प्रदेश सभा सम्पन्न, कुन सांसदले के भने

पोखरा, २२ माघ । प्रदेश नं. ४ को ऐतिहासिक पहिलो प्रदेश सभा सम्पन्न भएको छ । आगामी फाल्गुन ३ गते सभामुखको चयन गर्ने गरि प्रदेशसभा संचालनको अन्तरीक कार्यविधि पारित गर्दै पहिलो प्रदेशसभा बैठक सकिएको हो । संसदको आगामी बंैठक फाल्गुन ३ गते दिउँसो १ बजेका लागी आह्वान गरिएको छ ।

पहिलो बैठकले सभामुख तथा उपसभामुख चयन नभए सम्म संसद सञ्चालनका लागि ५ सदस्यीय कार्य समिति चयन गरेको छ । जसमा सांसदहरु गायत्री गुरुङ्, टेक बहादुर घर्ति, धनमाया पोखरेल लामा, मन कुमारी गुरुङ, र मित्र कुमारी सुवेदी रहेका छन् ।

यसअघि संसदलाई सम्बोधन गर्दै मुख्य मन्त्रीका दावेदारका रुपमा हेरिएका नेकपा एमालेका सांसद पृथ्वी शुब्बा गुरुङ्ले प्रदेश नं. ४ को समग्र विकासका लागी सम्भावित सम्भावनाहरुको उजागर गर्दै शिक्षा स्वास्थ्य खेलकुद र पर्यटनको विकासमा आफुहरु प्रतिवद्ध रहेको बताए ।

नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपालीले प्रदेश नं. ४ को साँस्कृतिक एवं ऐतिहासिक पक्षहरुको उजागर गर्दै विकास प्रति प्रतिवद्ध रहने बताए । उनले प्रदेश नं. ४ लाई विभिन्न ट्रेलहरु मार्फत जोड्दै पर्यटनको विकास लाग्नु पर्नेउनले बताए ।

नेकपा माओवादी केन्द्रका सांसद हरि बहादुर चुमानले अहिले पनि संघियताको विरोध गर्ने शक्तिहरु क्रियाशिल रहेको भन्दै सचेत हुनु पर्ने अवस्था रहेको बताए । संविधानको सफल कार्यान्वयन मार्फत घरदैलोमा पुगेका अधिकारहरुको संरक्षणमा उनले जोड दिएका छन् ।ज नताको जनादेश अनुसार मुलुकलाई अगाडी बढाउनु पर्ने बताए ।

राष्ट्रिय जनमोर्चाका साँंसद कृष्ण थापा ग्रामिण क्षेत्रमा रहेका सम्भावनाहरुको उजागर गर्न नसकिएको अवस्थामा विकास सम्भव नहुने तर्क गरे । उनले गाँउको शिक्षा, स्वास्थ्यको अवस्था असाध्यै कमजोर रहेको प्रति चिन्ता व्यक्त गरे । साँसद थापाले संघियता खर्चिलो व्यवस्था भएकाले मुलुकले धान्न नसक्ने कताए । राजनीतिक भ्रष्ट्राचारलाई रोक्नु पर्ने उनले तर्क समेत गरेका छन् ।

नयाँ शक्ति पार्टी नेपालका सांसद हरिशरण आचार्यले प्रतिवद्धता कार्यान्वयमा संकल्प गर्नु पर्ने बेला आएको बताए । प्रदेश नं. ४ मा भएका सम्भावनाहरुको विकासमा देखिएका चुनौतीहरुको सामाना गर्नु पर्ने सामथ्र्यको जोहो गर्न उनले सुझा पेश गरे । शुसासन र भ्रष्ट्रचार मुक्त समाज निर्माण गर्ने कार्यको थालनी गर्नु पर्नेमा जोड दिए ।

नेकपा एमालेका सांसद किरण गुरुङले सत्ता पक्ष र प्रतिपक्ष दुवैको ध्यान प्रदेशलाई समृद्ध बनाउने कार्यमा केन्द्रित गर्ने विश्वास व्यक्त गरेका छन् । संघियताले नेपाली जनतालाई बलियो बनाएको उनले तर्क गरे । जाति भाषा धर्म लिंग वर्ग वर्ण भुगोल लगायतका आधारमा नेपाली एकता थप बलियो भएको उनको तर्क छ ।

शुशासन विना मुलुकको विकास र समृद्धि सम्भव नभएको गुरुङले बताए । आर्थीक हिषावले प्रदेश नं. ४ लाई बलियो बनाउनु पर्ने उनले बताए । परिवर्तनका लागी नयाँ राजनीतिक सोचको आवाश्यक रहेको उनको तर्क छ ।

नेपाली कांग्रेसका सांसद डोबाटे विश्वकर्माले कृषी पर्यटन उद्योग र रोजगारीको सृजना गरि प्रदेश नं. ४ लागई अगाडी बढाउनु पर्ने बताए । साथै उनले समतामुलक समाज निर्माणमा जोड दिएका छन् ।

नेकपा माओवादी केन्द्रका साँसद नेत्रनाथ अधिकारी पर्यटन विकास जोड दिए । प्राकृतिक स्रोतसाधनहरुको अधिकतम उपयोग गर्दै उनले विभाजनरहित राजनीतिक यात्रा मार्फत समुन्नत समाजवाद तर्फ मुलुकलाई अगाडी बढाउनु पर्ने बताए ।

नेकपा एमालेकी साँंसद सृजना सर्माले साझा लक्ष्यका साथ जनताका अपेक्षाहरु पुरा गर्नु पर्ने बताईन । स्थिर सरकार विना जनताले परिवर्तनको अनुभुति गर्न नसक्ने भन्दै उनले यसको स्पष्ट जनादेश वामगठबन्धनले पाएको बताईन ।

नेपाली कांग्रेसकी साँंसद ललितकला गुरुङ्ले आवाश्यक कानुनहरु निर्माण गर्दै जनतालाई संघियताको अनुभुति दिलाउनु चुनौती पुर्ण रहेपनि विकासमा भावनात्मक हिषावले एक भएर प्रस्तुत हुने विश्वास व्यक्त गरिन । उनले महिलाको नेृतत्व तथा क्षमतालाई दलहरुले अवमुल्यन गरेको गुनासो समेत गरिन ।

नेकपा माओवादी केन्द्रकी साँसद गायत्री गुरुङ्ले शहिदहरुले देखाएको बाटोलाई आत्मसाथ गर्ने प्रतिवद्धता जनाईन । प्रदेश नं. ४ लाई आत्मनिर्भर बनाउदै महिलाहरुको प्रतिनिधित्वको सम्मान गर्ने राजनीतिक संस्कारको विकास गर्नु पर्नेमा जोड दिईन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित