fbpx

हेमजा उद्याेग ब्यवसाय समितिकाे अध्यक्षमा मिनराज तिमिल्सिना

author

समाचारपाटी

२ महिना अगाडि

हेमजा । हेमजा उद्याेग ब्यवसाय समिति पोखरा २५ हेमजाको पहिलो साधारण सभा तथा प्रथम अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले मिनराज तिमिल्सिनाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सुशीला पाठक त्रिपाठी, महासचिवमा राजेन्द्र बाँस्तोला, सचिवमा तिर्थराज देवकोटा र कोषाध्यक्षमा सुशीला पौडेल बाँस्तोला चयन हुनुभयो । अन्य सदस्यमा उपेन्द्र सापकोटा, धुर्व परियार, प्रदिप सापकोटा, कृष्ण अधिकारी र सृष्टि अधिकारी रहनु भएको छ । साथै ३ सदस्य मनोनीत गरिने सचिव तिर्थराज देवकोटाले जानकारी दिनुभयो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा उद्याेग ब्यवसाय संघका अध्यक्ष पवनकुमार प्रजापतिले हाम्रो ब्यवसायमा आफनो उत्पादन बडाउनु पर्ने बताउदै सरकारले ब्यवसायलाई केही नगरेको उल्लेख गर्नुभयो । हेमजालाई पोखरा उद्याेग ब्यवसायको इकाई बनाउन पहल गर्ने बताउदै आर्थिक मण्डी भएको अवस्थामा कर बडाउन नहुने बताउनुभयो । कार्यक्रममा वडा सदस्य कृष्णबहादुर कुँवर, कपडा ब्यवसाय सघं कास्कीका अध्यक्ष गजेन्द्रमान श्रेष्ठ, पोखरा इलेक्ट्रोनिक ब्यवसाय संघ कास्कीका अध्यक्ष नारायण सुवेदी र सदस्य धुर्बबहादुर परियारले शुभकामना दिनु भएको थियो ।

संयोजक मिनराज तिमिल्सिनाले ब्यवसायको हक हितको लागि समिति भएको बताउँदै समिति गठन र दर्ता गर्दा भोग्नु परेको समस्य बारे जानकारी गराउनु भएको थियो । हाल १२३ जना सदस्य रहेको कोषाध्यक्ष तिर्थराज देवकोटाले जानकारी दिनुभयो ।
संयोजक मिनराज तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सदस्य सुशीला बाँस्तोलाले र सञ्चालन सचिव राजेन्द्र बाँस्तोलाले गर्नुभएको थियो ।


काठमाडौं

शुक्रबार, बैशाख ७, २०८१

२५.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने

सुजाता र अमृतको नयाँ लोकदोहोरी ‘आलुतामाले’ सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन