४ नं. प्रदेश अन्तर्गत घटेका घटना तथा प्रहरी गतिविधिहरु

प्रहरीलाई वन्यजन्तु संरक्षण सम्बन्धी प्रशिक्षण : कास्की

वनजन्य तथा वन्यजन्तु सम्बन्धी अपराध नियन्त्रणमा थप प्रभावकारीता ल्याई यस सम्बन्धी थप सफलता हासिल गर्नका लागि नेपाल प्रहरीका तल्लो ईकाइ सम्म कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई थप ज्ञान, शीप, दक्षता दिलाई क्षमता अभीवृद्दी गर्ने उद्श्यले पोखरामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जद्धारा आयोजित वन्यजन्तु संरक्षण सम्बन्धी एक प्रशिक्षण आज माघ २१ गतेबाट सुरु भएको छ ।

संघिय प्रहरी इकाई कार्यालय पोखरमा सुरु भएको उक्त प्रशिक्षणमा ४ न. प्रदेश अन्तर्गतका विभिन्न प्रहरी कार्यालयका गरी २५ जना सिनियर तथा जुनियर प्रहरी अधिकृतहरुको उपस्थिति रहेको छ । उक्त प्रशीक्षण  ५ दिन कार्यवधिको रहने छ ।

नेपाल राज्यभर वनजन्य तथा वन्यजन्तु सम्बन्धी अपराध  रोकथामको लागि विभिन्न किसिमका प्रयासहरु भएपनि यसको नियन्त्रणमा कमी ल्याउनको लागी केन्द्रिय अनुसन्धान व्युरो(सिआईवि )को स्थापना भए पश्चात यस अन्तर्गत २०६९ सालमा  वातावरणिय अपराध हेर्ने छुट्टै शाखाबाट हालसम्म निरन्तर रुपमा वनजन्य तथा वन्यजन्तु  सम्बन्धी अपराधहरुको रोकथाम तथा नियन्त्रण गर्न उक्त शाखाले विभिन्न सरोकारवाला निकायहरुसंगै समन्वय गरी काम गर्दै आईरहेको छ । साथै यसको नतिजा समेत नेपालमा प्रभावकारी देखिन्छ ।

सोहि उदेश्य अन्तर्गतनै सहभागी प्रहरी अधिकृतहरुलाई वन्यजन्तुको  परिचय,राष्ट्रिय तथा अन्तराष्ट्रिय कानूनी व्यवस्था, वन्यजन्तु तथा वनजन्य अपराध, तिनको पहिचान, संरक्षणमा  सरकारी, गैरसरकारी तथा स्थानिय स्तरबाट भईरहेका प्रायासहरु र वनजन्य तथा वन्यजन्तु संरक्षणमा नेपाल प्रहरीको भुमिका लगायतका विषयमा प्रशिक्षण प्रदान गरीने छ  ।

नवलपरासी : सवारी दुर्घटना १ जनाको मृत्यु

मिति २०७४।१०।२० गते नवलपरासी (बर्दघाट सुस्ता पूर्व ) देवचुली न.पा. १६ रजहर चोकस्थित पुर्व पश्चिम राजमार्गमा नम्बर र किसिम नखुलेको सवारी साधनले हाल सम्म नाम थर वतन नखुलेको वर्ष अन्दाजी १८/१९को जस्तो देखिने पुरुष व्यक्तिलाई ठक्कर दिदा निज व्यक्तिको घटनास्थलमा नै मृत्यु भएको छ । उक्त स्थानमा तत्कालै प्रहरी टोली खटिगई लाशलाई पोष्टमार्टमको लागी प्राथमिक स्वास्थ्य केन्द्र  दुम्कौलिको शव गृहमा ल्याईएको  छ । ठक्कर दिने सवारी साधन बारे प्रहरीद्धारा खोजिकार्य जारी रहेको छ ।

नवलपरासी : बस पल्टदा २ जना घाईते

मिति २०७४।१०।२० गते जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पूर्व गैंडाकोट न.पा. १४ झहरे खोला नजिकै  पूर्व पश्चिम राजमार्गमा  पूर्वबाट पश्चिमतर्फ  आउदै गरेको लु १ ख ६४३२ नं.को बस अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसेर दुर्घटना हुदा बसमा सवार अन्दाजी २५ /२६ जना यात्रुहरु मध्ये जिल्ला पाल्पा  बस्ने व र्ष अ. ४० को टिकाराम अर्याल वर्ष २५ की ईन्दिरा बस्याल घाईते भएका छन । दुवै जना घाईतेलाई उपचारको लागी पुरानो मेडिकज कलेज भरतपुर चितवनतर्फ  पठाईएको छ उक्त स्थानमा तत्कालै प्रहरी टोली खटिगई चालकलाई नियन्त्रणमा लिईएको छ ।

तनहुं : सवारी दुर्घटना २ जना घाईते

आज मिति २०७४।१०।२१ गते तनहुं शुक्लागण्डकी न.पा.-४ स्थित भित्री सडक खण्डमा दुलेगौडाबाट ढोरफिर्दी तर्फ जांदै गरेको ग ६ प ६३४९ नं को मोटरसाईकल र बिपरित दिशाबाट गईरहेको ग ६ प ४७४७ नं को मोटरसाईकल एक आपसमा ठक्कर खाँदा  ग ६ प ६३४९ नं.को मोटरसाईकल चालक सोहिस्थान बस्ने वर्ष २८ को किशोर कुमार र ग ६ प ४७४७ नं को वर्ष ३६ को सन्तोष थापा गाईते भएका छन घाईते उपचारको लागी पोखरा मेट्रोसिटि हस्पिटल र मणिपाल अस्पताल रिफर गरीएको छ ।

तनहुँ :  नगरपालिकाको कार्यालय घेराउ

२०७४।१०।२१ गते तनहुँको भानु नगरपालिका २ स्थित नगरपालीका को कार्यालयमा सुकुम्बासी समिति भानुका संयोजक कल ब. तामाङको नेतृत्वमा अन्दाजी २०० जनाको संख्यामा भुकम्प पिडित सुकुम्बासी हरुलाई लालपुर्जा दिनुपर्यो भनी पटक पटक गरेको माग पुरा नगरेको भनी कार्यालय घेराउ गरेका छन । उक्त स्थानको शान्तिसुरक्षाको लागि प्रहरी टोली खटि गएको छ ।

कास्की : आगलागि

मिति २०७४।१०।२० गते जिल्ला कास्की पोखरा लेखनाथ महानगरपालिका वडा नं.२६ कालिकाचोक स्थितमा रहेको युवराज खनालको परालको टौवामा अचानक आगोलागी हुँदा अन्दाजी ८०।८५ भारी पराल जली अन्दाजी मुल्य रु.४०,०००।–(चालीस हजार) बराबरको क्षेती भएको छ । उक्त आगलागि प्रहरी र स्थानिय सर्वसाधरण र दमकलको सहयोगद्धारा नियन्त्रणमा लिईएको छ । आगो कसरी लाग्यो भन्ने विषयमा थप अनुसन्धान भईरहेको छ ।

स्याङजा : झुन्डी मृत अवस्थामा फेला

मिति२०७४।१०।२० गाउँपालिका ७ तल्लो सुरुङ बस्ने वर्ष १६ कि सरिता थापा निजकै घरको कोठाको सिलिङ पङ्खामा झुण्डि मृत अवस्थामा छन् भन्ने खबर प्राप्त हुनासाथ तत्कालै SOCO सहितको प्रहरी टोली खटिगई घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।

कास्की : झुन्डी मृत अवस्थामा फेला

आज मिति २०७४।१०।२१ गते पोखरा लेखनाथ महानगरपालिका वडा नं.२४ भिरमुनि बस्ने वर्ष-४८ को हरि प्रसाद अधिकारीको घरमा ससुराली आएका जिल्ला कास्की पोखरा लेखनाथ महानगरपालिका-९ नागढुङ्गा बस्ने वर्ष-४८ को जयलाल तिमिल्सिना घर देखि पुर्ब निवाको रुखमा पछेउराको पासो लगाई झुण्डि मृत अवस्थामा फेला परेका छन् । उक्त विषयमा खबर प्राप्त हुनासाथ SOCO सहितको प्रहरी टोलि खटिगई घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top