लेकसाइड डोजाङको पहलमा फेवाताल सरसफाई

समाचारपाटी, पोखरा, २१ माघ । पोखराको फिर्के दोन देखि बाराहीघाटसम्मको करीब ४ किलोमीटर फेवातालको किनार सफाई गरिएको छ । लेकसाइड डोजाङको पहलमा सरसफाई गरिएको हो ।

डुङ्गाबाट तालको किनारामा रहेका फोहोर निकालिएको डोजाङका प्रशिक्षक प्रितम कुँवरले जानकारी दिनुभयो । डोजाङले खेलकुदको विकाससंगै आफ्नो ठाउँ सरसफाई गर्नुपर्छ भन्दै नियमित रुपमा तालको सरसफाई गर्दै आएको कुँवरले बताउनुभयो । उहाँले तालको सरसफाई एक पटक एक दुई जनाले गर्दैमा नहुने भन्दै निरन्तर हरेकले सफाई गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रमलाई समाजसेवी तथा लायन्स क्लब अफ लेकसाईडका कलम भुजेलले सरसफाई गर्न आवश्यक समाग्री हस्तान्तरण गर्नुभएको थियो । उहाँले सफाई गर्न आवश्यक पर्ने ग्लोब्स, माक्स, फोहोर राख्ने बोरा लगायतका समाग्री हस्तान्तरण गर्नुभएको हो ।

ति सामाग्री हस्तान्तरणपछि भुजेलले आफुहरु अहिले लेकसाईड क्षेत्रका हरेक सडकका छेउमा डस्टबीन राख्ने अभियानमा रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

scroll to top