४ नं. प्रदेश अन्तर्गत घटेका घटना तथा प्रहरी गतिविधिहरु

नवलपरासी :आगलागी

आज मिति २०७४।१०।२० गते जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पूर्व ) हुप्सेकोट गा.पा.३ डुब्लेकोट  बस्ने बिष्णु नारायण श्रेष्ठको २ बिघा खेतको परालको टौवामा अचानक आगलागि भई पुर्ण रुपमा जलि नष्ट भएको छ  । उक्त आगलागीबाट अन्दाजि २० हजार बराबरको क्षति भएको छ अन्य कुनै मानविय क्षेति भएको छैन ,आगो पुर्ण नियन्त्रणमा आईसकेको छ ।

तनहुं : आगलागि

मिति २०७४।१०।२० गते १५:०० बजेको समयमा जिल्ला तनहुं भिमाद नगरपालिका-७ बस्ने सेतीमाया भण्डारीको खरले छाएको १ तले कच्ची गोठमा अचानक आगोलागि हुदा गोठमा रहेको २ वटा लैनो भैसी र दुई वटा पाडीको जली मृत्यु भएको छ । गोठ पुर्ण रुपमा जली नष्ट भएको, मानविय क्षती नभएको जानकारी भएको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top