नवलपरासी चिसापानीमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु

नवलपरासी, २० माघ । नवलपरासीको बर्दघाट नगरपालिका–२ चिसापानीमा गएराति ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

राति पौने १ बजे ना६ख ४७९८ नम्बरको ट्रकले लु१ब ११२४ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाईकल चालक अन्दाजी ३० वर्षीय पुरुष रहेका छन् । उनको सनाखत हुन सकेको छैन ।

उनको उपचारको क्रममा पृथ्वीचन्द्र अस्पताल परासीमा राति सवा १ बजे मृत्यु भएको हो । दुर्घटनामा संलग्न दुबै सवारी साधन नियन्त्रणमा लिएको र ट्रक चालक फरार रहेकाले खोजीकार्य भइरहेको ईलाका प्रहरी कार्यलय बर्दघाटले जानकारी दिएको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top