११ वर्षकी बालिका गर्भवती हुनु को रहस्य यस्तो

१८ माघ l ११ वर्षकी बालिकाको पेटमा ५ महिनाको गर्भ भेटिएपछि निकै खतरनाक घटनाको खुलासा भएको छ। ती बालिका ९ वर्षकी हुँदा नै आफ्नै स्कुलका सेक्युरिटी गार्डबाट बलात्कृत भएको रहस्य खुलेको छ । चीनकी ती बालिका विगत २ वर्षदेखि लगातार बलात्कारको शिकार हुँदै आएकी थिइन् । ती बालिका गर्भवती भएपछि मात्रै यो रहस्य खुलेको हो ।

यही महिना ती बालिकाकी आमालाई छोरीको स्वास्थ्य केही असामान्य लागेपछि उनले जाँच गराएकी थिइन् । डाक्टरले जाँचपछि ती बालिका गर्भवती भएको थाहा पाए । ती डाक्टरले बालिकाको परिवारलाई यसबारे जानकारी दिँदै सँगसँगै प्रहरीलाई पनि बोलाएका थिए ।

प्रहीले आरोपी सेक्युरिटी गार्डलाई पक्राउ गरेको छ । ती गार्डले बालिका स्कुलको मैदानमा खेलिरहेका बेला भर्याङमुनि लगेर बलात्कार गरेको बताइएको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top