प्रदेश ४ प्रदेशसभाको पहिलो बैैठक माघ २२ मा बस्ने प्रदेश कार्यालयको सुचना

पोखरा, १४ माघ l प्रदेश ४ को प्रदेशसभाको पहिलो बैैठक माघ २२ गते बस्ने गरी प्रदेश कार्यालयले सुचना प्रकास गरेको छ । २२ गते ११ बजेलाई बैठक आहृवान गर्न सुचना प्रकासन गरेको छ ।

प्रदेश प्रमुखका सचिव देवी प्रसाद ज्ञवालीले आइतबार राष्टिय पत्रिकामा सूचना प्रकाशित गरी बैठक आव्हन गरेका छन् । ज्येष्ठ सदस्य अर्थात अस्थायी सभामुख जनकलाल श्रेष्ठको अध्यक्षतामा बैठक हुनेछ । पोखरा नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रलाई प्रदेश सभा बैठकस्थल र प्रदेशसभाको सचिवालय तोकिएको छ ।

निर्वाचन परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेशसभाको पहिलो वैठक डाक्नुपर्ने व्यवस्था छ । पहिलो अधिवेशनसँगै सभामुख, उपसभामुख निर्वाचनको प्रक्रिया सुरु हुनेछ । प्रदेश ४ मा ३६ जना प्रत्यक्ष निर्वाचित र २४ जना समानुपातिक पद्धतिबाट गरी ६० जना प्रदेश सांसद छन् ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top