अखिल नेपाल प्रगतीशिल जनस्वास्थ्यकर्मी संघ प्रदेश नं ४ को अध्यक्षमा शिव केसी

समाचारपाटी, पोखरा, १३ माघ । अखिल नेपाल प्रगतीशिल जनस्वास्थ्यकर्मी संघ प्रदेश नं ४ को अध्यक्षमा शिव केसी निर्वाचित भएका छन । आज पोखरामा सम्पन्न ४ नं प्रदेश स्तरिय प्रथम सम्मेलनले शिव केसी को अध्यक्षतामा ७ जना पछि मनोनित गर्नेगरी १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा विष्णुचन्द्र श्रेष्ठ सचिवमा ऋषिराम खत्री, कोषाध्यक्षमा रुद्र शर्मा सापकोटा चयन भएका छन । त्यस्तै संघको सदस्यहरुमा पुष्पराज सुवेदी (बाग्लुङ), यममती रोका (म्याग्दी), दुर्गा प्रसाद भण्डारी (स्याङ्जा), कृष्ण भट्ट (गोरखा), रामकुमार श्रेष्ठ (तनहुँ), मिरा राई (लमजुङ), दिपक बम्जम (मनाङ), देवि प्रसाद भुर्तेल (पर्वत) रहेका छन ।

यस अघि सम्मेलनको माओवादी केन्द्र प्रदेश नं ४ का इन्चार्ज राजकाजी गुरुङ करणले उद्धघाटन गर्नुभएको थियो । कार्यक्रममा वोल्दै करणले देश भरमै प्रदेश नं ४ मा पहिलोपट सम्मेलन आयोजना भएकोमा खुसि व्यक्त गर्दै संघलाई महासंघमा रुपान्तरण गर्नुपर्नेमा जोड दिनु भयो ।
देश अव आर्थिक समृद्धिको वाटोमा लम्केको उल्लेख गर्दे शिक्षा र स्वस्थ्यलाई निशुल्क गराउने समाजवादको आवश्यकता औल्याउनु भयो । स्वास्थ संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुको पेशागत शुरक्षा र सुविधालाई सरकारले ध्यान दिनुपर्ने उहाँको भनाई छ ।

कार्यक्रममा संघका केन्द्रीय संयोजक बामदेव अर्याल, माओवादी केन्द्र कास्कीका संयोजक बखानसिंह गुरुङ, संघका केन्द्रीय सल्लाहकार डा. बुद्धि बहादुर थापा, संघको केन्द्रीय सचिवालय सदस्य तिर्थ लुईटेल, सम्भु चापागाई लगायतले नयाँ कार्यसमितिलाई शुभकामना व्यक्त गर्नुभयो । सम्मेलनले ६ सदस्यीय सल्लाहकार कमिटी पनि चयन गरेको छ । कार्यक्रम संघ प्रदेश नं ४ का संयोजक मणीराज पंगेनीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top