चन्दा देवकोटाको ३ उत्कृष्ट मुक्तक !


तिम्रो जिवनमा खुसिको नयाँशाल बनि आउँछु
खुसी र सफलताको बाटो चुम्ने चाल बनि आउँछु
हाम्रो मायामा दैवको नजर लागी म मरे भनेनी
तिमिलाई लिन सेतो सारिमा काल बनि आउँछु !


दैबको नजर लागी मायाको घर ढल्न के बेर
बलिरहेको प्रेमको दियोमा आँधिहुरी चल्न के बेर
तिमि आउने प्रतिक्षामा छन यि नयन परदेशी
देख्नै नपाई म लासबनी चितामा जल्न के बेर !


के के लिएर हैन के के छोडेर आएँ हेर्नुस
मलाई पनि छोरी सम्झी अङ्गालोमा बेर्नुस
गरिब छन बाउआमा सक्दैनन दाईजो दिन
संस्कारी बुहारी पाएँ भनी त्यो मन फेर्नुस !

चन्दा देवकोटा

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top