परिसंघको संशोधित विधान सरकारबाट स्वीकृत; प्रादेशिक परिसंघ गठन गर्ने निर्णय

काठमाडौं,१३ माघ l नेपालउद्योग परिसंघको १४ वार्षिक साधारणसभाबाट पारित संशोधितविधान नेपाल सरकारबाट स्वीकृत भएको छ । उक्त संशोधितविधान स्वीकृत भएसँगै परिसंघले देशको सातओटै प्रदेशमाप्रदेश परिसंघ गठन गर्ने प्रकृयालाई अघि बढाउने निर्णय नेपालउद्योग परिसंघको गभर्निङ्ग काउन्सील र राष्ट्रिय परिषदको बैठकले गरेको छ । यसबाट नेपालको औद्योगिकविकास र उत्पादन वृद्धि गर्ने,निर्यात प्रवद्र्धन गर्ने, उद्यमशिलताको विकास गर्ने र कुलगार्हस्थ उत्पादनमाआद्यौगिक क्षेत्रको अंश बढाउने दिशामा नेपालउद्योग परिसंघको कार्यक्रमहरु कार्यान्वयनगर्न सहयोग पुग्ने धारणा सहितउक्त बैठकले परिसंघको संशोधितविधानको व्यवस्थाअनुसार परिसंघको रिक्त एक उपाध्यक्ष र दश राष्ट्रिय परिषदको सदस्यहरुमाविभिन्नउद्योगीव्यवसायीलाई मनोनयनगर्ने समेत निर्णय गरेको छ । नेपालउद्योग परिसंघकोगभर्निङ्ग काउन्सील र राष्ट्रिय परिषदका बैठकमा भएको निर्णय अनुसार उपाध्यक्षपदमा सुलभ अग्रवालमनोनितहुनु भएको छ ।
यसैगरी राष्ट्रिय परिषदको सदस्यहरुमाविभिन्नउद्योगीव्यवसायीलाई मनोनयनगर्ने समेत निर्णय गरेको छ :

महिलाउद्यमीहरु मध्येबाट मनोनितहुने सदस्यहरुः
. छाया शर्मा र
. रिता भण्डारी हुनुहुन्छ भने

विभिन्नउद्योगीव्यवसायीमध्येबाट मनोनितहुने सदस्यहरुः
 . आशिषगर्ग,
 . हेमन्तगोल्छा,
मनिष खेम्का,
 . रविन्द्र भक्तश्रेष्ठ,
. ऋिषी घिमिरे,
 . शरद तिवरेवाला,
. शिषिर भट्ट र
 . सुधीर मित्तल
साथै उक्त बैठकले “प्रदेश परिसंघ”को गठन सातओटै प्रदेशमागर्ने गरी प्रत्येक प्रदेशमाएक÷एकजनालाई संयोजकतोक्ने निर्णय सहितप्रदेश संयोजक समेत मनोनयन गरेको छ ।

यसरी प्रदेश संयोजकमामनोनयनहुनेहरुमा

प्रदेश (१) एककालागिमीनप्रकाश मैनाली (झापा),
प्रदेश (२) दुईकालागि नरेश दास (जनकपुर),
प्रदेश (३) तीनकालागिऋिषी घिमिरे (हेटौडा),
प्रदेश (४) चारकालागिविनोद न्यौपाने (पोखरा),
प्रदेश (५)पाँचकालागिएजाजआलम (बुटवल),
प्रदेश (६) कालागि टेक बहादुर भण्डारी (सुर्खेत) र
प्रदेश (७) सातकालागि हेम विक्रमथापा (कञ्चनपुर) हुनुहुन्छ ।

सम्बन्धितप्रदेशकाजिल्लाहरुमाकानूनबमोजिमदर्ताभएकाउद्योगप्रतिष्ठान÷उद्योगसँग सम्बन्धित संघ र वस्तुगत संघलाई प्रदेश परिसंघमा आवद्धता गराई सम्बन्धितप्रदेश एवं स्थानीय सरकारसँग निजी क्षेत्रको हकहितएवं राष्ट्रको आर्थिक समृद्धिको लागि राम्रो सम्बन्ध र सहकार्य गर्ने मूख्य उद्देश्यप्रदेश परिसंघको भएकाले यसबाट परिसंघको राष्ट्रिय सञ्जालविस्तारएवं निजी क्षेत्रको विकासमाथप सहयोग पुग्ने विश्वास परिसंघले लिएको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top