शङ्कर सरको बिदाइमा भावुक बन्यो सिद्धार्थ मा वि

पोखरा, १२ माघ । स्याङ्जाको फेदीखोला गाउँपालिका वडा नं. २ स्थित सिद्धार्थ माध्यमिक विद्यालयको शुव्रmबार प्राङ्गण निकै भावुक बनेको छ ।

करिब ४० वर्ष अध्यापन गर्नुभएका शिक्षक शङ्करनाथ उपाध्यायले उमेर हदका कारण अनिवार्य अवकाश पाएपछि उहाँको बिदाइमा उपस्थित शिक्षक, विद्यार्थी र अभिभावकका आँखा रसाएका थिए । उपाध्यायले अवकाशपछि पनि विद्यालयमा निःशुल्क रुपमा अढाइ महिना अध्यापन गर्नुभएको थियो । विद्यालयका प्रधानाध्यापक मनोजकुमार शर्माले भन्नुभयो, ‘शङ्कर सर जस्तो सहकर्मी पाउनु हाम्रो सौभाग्य हो, उहाँ सहकर्मी मात्र होइन, हाम्रा अभिभावक पनि हुनुहुन्छ ।’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यव्रmममा उपाध्यायको बिदाइसँगै दीर्घसेवाका लागि सम्मानसमेत गरिएको थियो । उपाध्यायले आफूले विद्यार्थीको भविष्यलाई आफ्नो कर्तव्य सम्झेर कार्य गरेको भन्दै अवकाशपछि पनि विद्यालयको हितका लागि सधैँ लागिपर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले विद्यालयमा एक अक्षयकोषसमेत स्थापना गर्ने घोषणा गर्नुभयो ।

कार्यव्रmममा सिद्धार्थ सामुदायिक क्याम्पस प्रमुख होमनाथ शर्मा, विद्यार्थी दीपक स्याङ्तानलगायतले उपाध्यायले शैक्षिक क्षेत्रमा दिनुभएको योगदानको प्रशंसा गर्नुभएको थियो ।

वि. सं. २०३५ मा स्याङ्जाकै तुलसीभन्ज्याङस्थित बज्रेभन्ज्याङ माविबाट अध्यापन कार्य सुरु गर्नुभएका उहाँले पछिल्लो समय सिद्धार्थमा पढाउनुभएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित