चिनिया राजदूतलाई उपप्रमुखद्धारा स्वागत

पोखरा, ११ माघ ।  नेपालको लागि चिनिया राजदूत यु होङ बिहीबार पोखरा आएकी छन् । नेपाल चीन जनमैत्री संघको आयोजनामा शुक्रबार पोखरामा  हुने साँस्कृतिक कार्यक्रममा भाग लिन उनी पोखरा आएकी हुन् । राजदूत होङलाई पोखरा विमानस्थलमा पोखरा लेखनाथ महानगरपाकिाकी उपमेयर मञ्जुदेवी गुरुङ र पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वप्रकाश लामिछानेले स्वागत गरे । पोखरा विमानस्थलको अतिविष्ट कक्षमा राजदुतलाई स्वागत गरेकी हुन् । स्वागत लगत्तै राजदुत यु होङले बेगनासतालको अवलोकन गरिन् ।

उनले बेगनास अवलोकन गदै पोखरा पर्यटनका लागी प्रचुर सम्भावना बोकेको शहर भएको बताइन् । उनले पर्यटकीय क्षेत्रहरुमा पूर्वाधकार विकास गर्नसके आर्थिक विकासमा महत्वपूर्ण भुमिका खेल्ने बताइन् । उनले पोखरामा आउने आन्तरीक र बाह्य पर्यटक बारे चासो दिएकी थिइन् । उपमेयर गुरुङले पोखरा प्राकृतिक छटाले भरिपूर्ण शहर भएको बताउदै यहाँ प्राकृतिक सम्पदाको संरक्षका आवश्क रहेको बताइन् ।  चिनिया नयाँ वर्षको उपलक्ष्यमा पोखरामा साँस्कृतिक कार्यक्रम हुन लागेको हो । शुक्रबार हुने ‘द स्प्रिङ फेस्टिभल २०१८’ मा सिचुवान प्रान्तको साँस्कृतिक समूहले आफ्नो प्रस्तुति दिने नेपाल चीन जनमैत्री संघ पोखराले जनाएको छ ।

पछिल्लो समय पोखरामा चिनिया गतिविधी ह्वात्तै बढेको छ । केही समय अगाडि यहाँको पोखरा उद्योग वाणिज्य संघको हलमा चिनिया फोटाहरु समेत प्रदर्शन गरिएको थियो । चीनको सम्वृद्धि, सँस्कृति र विविधता झल्कने ५८ वटा तस्वीरहरु प्रदर्शनमा राखिएका थिए । चीनको एक्जिम बैंकको ऋण सहयोगमा पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अगाडि बढिरहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित