जेल परेका प्रेमीलाई बचाउन खोज्दा प्रेमी सगै प्रेमिका पनि जेल

११ माघ l माया एउटा अप्रत्यासिलो र अन्जानमै बसिन्छ जा-कही जो संग पनि । यस्तै माया प्रेम कै कारण कैयौ जीवन सफल त कैयौ जीवन डमाडोल भएको हामीले देख्दै , सुन्दै र कैयौले भोग्दै आएका पनि छन् ।

कैयौ मायाका लागि ज्यान दिन्छन् कैयौले लिन्छन् पनि । यस्तै एक घटना भेनेजुयलामा घटेको छ । कार चोरिको अरोपमा पक्राउ परेका आफ्नो व्वाइफ्रेण्डलाई सुटकेसभित्र कोचेर जेलबाट भगाउने एक युवतीको प्रयास असफल भएको छ ।

भेनेजुयलाको उत्तरपूर्वमा रहेको जोसे एन्टोनीयो एन्जोआटेन्गुइ जेलभित्र थुनिएका इब्राहिम जोसे भार्गस गार्सियालाई भगाउन उनकी २५ वषिर्या प्रेमिका एन्टोनीटा रोब्लेस साउदाले गरेको प्रयास असफल भएको हो ।

व्वाइफ्रेण्डलाई भेट्ने बहानामा गुलाबी रंगको सुटकेश लिएर जेलभित्र पसेकी एन्टोनिटालाई कसैले ध्यान दिएनन् । तर आधा घन्टापछि जेलबाट निस्कदा सुटकेश भारी भएर उनलाई घिस्याउन निकै गाह्रो पर्‍यो । त्यो देखेपछि एक सुरक्षा गार्डले शंका लागेर सुटकेश खोल्न लगाए । जब उनी सुटकेस खोल्न वाध्य भइन्, भित्र इब्राहिम पोको परेर बसिरहेका थिए । सजिलोका लागि सुटकेसभित्र अरु सामान पनि कोचिएको रहेछ । सुरक्षाकर्मीले तुरुन्तै प्रेमी प्रेमिकालाई नै पक्राउ गरी जेल चलान गरे ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top