fbpx

धौलागिरी आधार शिविरमा गत शुक्रबारदेखि बेपत्ता पर्यटकको शव ५ दिनपछि फेला 

author

समाचारपाटी

१२ महिना अगाडि

धौलागिरी आधार शिविरमा गत शुक्रबारदेखि बेपत्ता पर्यटक ट्रेकिङ भरियाको शव ५ दिनपछि फेला परेको छ। धौलागिरी बेसक्याम्पको स्वीस क्याम्पमाथि झन्डै ५ हजार मिटर उचाइको जापानिज बेसक्याम्प नजिक ट्रेकिङ भरियाको शव भेटिएको हो।

सेभेन समिट ट्रेक मार्फत विदेशी पर्यटकको ट्रेकिङ कम्पनीको भारी धौलागिरी बेस क्याम्प पुर्‍याएर फर्किने क्रममा सोलुखुम्बु जिल्ला दूधकुण्ड नगरपालिका वडा नं.१ नुथला निवासी २० वर्षीय अमृत राई हिमपहिरोमा परी बेपत्ता हुनुभएकाे थियाे। भरिया टोली सदस्यमा बेपत्ता धिरज राई र अर्जुन राई दोश्रो दिन शुक्रबार नै सेभेन समिट ट्रेकिङ कम्पनीको सम्पर्कमा आएका थिए।

धौलागिरी बेसक्याम्प क्षेत्रमा बेपत्ता राईको सोमबार एभरेष्ट एअरको हेली मार्फत खोजतलास गरिएको थियो। खोजी कार्यमा म्याग्दीका पर्यटन व्यवसायी ईन्द्रसिंह शेरचन र बेपत्ता भइ सम्पर्कमा आएका धिरज राई तथा अर्जुन राई खटिनुभएकाे थियाे। 
उहाँहरुले ५ दिनदेखि बेपत्ता अमृत राईको शव जापानिज बेस क्याम्पमा देख्नुभएकाे थियाे। तर, मौसम प्रतिकुलताका कारण भेटिएको शव उठाउन समस्या परेपछि मंगलबार बिहान एभरेष्ट एअरको हेलीमार्फत शवको उद्दार गरिएको पर्यटनकर्मी शेरचनले जानकारी दिनुभयाे। 

शेरचनका अनुसार जापानीज बेसक्याम्पबाट हेलीमा शव राखेर म्याग्दीको धौलागिरी गाउँपालिका-७ ताकममा ल्याएर त्यहाँबाट पोर्सपार्टमका लागि बेनी लगिएको जानकारी दिनुभयाे। उहाँले बेपत्ता मृत शवको जिल्ला प्रहरी कार्यालय म्याग्दीको रोहबरमा कानुनी प्रक्रिया पुरा गरी काठमाडौं लैजाने तयारी भइरहेको बताउनुभयाे।

यसअघि म्याग्दीको धारापानीबाट ट्रेकिङको भारी लिएर भरिया टोली धौलागिरी बेसक्याम्पमा पुगेका थिए। फर्किंदा प्रतिकुल मौसम र हिमपातका कारण उहाँहरु बेपत्ता हुनुभएकाे थियाे।

annapurnapost


काठमाडौं

बुधबार, बैशाख १२, २०८१

२८.१५°

विज्ञापन

Omoda Nepal

https://omodanepal.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने