भव्य समारोहविच अभिभावक दिवस एवं पुरस्कार वितरण सम्पन्न

पोखरा,  ८ माघ  पोलेमनपा–६, लेकसाइडस्थित साइनिङ्ग स्टार बोर्डिङ्ग स्कुल १९ औं वर्षमा प्रवेश गरेको छ । विद्यालयले मंगलबार एक समारोहका विच अभिभावक दिवस एवं पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

समारोहको उद्घाटन गर्दै प्रमुख अतिथि क्षेत्रिय शिक्षा निर्देशक खेमराज सुवेदीले अबको शिक्षा व्यवहारिक शिक्षा हुनुपर्नेमा जोड दिए । विद्यार्थीहरुलाई किताबी ज्ञानसंगै अतिरिक्त  क्रियाकलापमा पनि अगाडी लैजानुपर्ने सुवेदीको भनाई थियो । आजका बालबालिकानै भोलिको मुलुक निर्माणका मेरुदण्ड भएकाले उनीहरुको उज्जालो भविष्यका लागि अभिभावकहरुले पनि चासो दिनुपर्ने उनले बताए । विद्यार्थीको सम्पूर्ण जिम्मेवारी विद्यालयको भन्दै अभिभावक तर्कन नहुने सुवेदीको भनाई थियो ।

समारोहमा विशेष अतिथि पोलेमनपा वडा नम्बर ६ का अध्यक्ष जगत पहारी, वडा सदस्य हरि पहारी, केदारेश्व महादेव मणि लामाखोरका पिठाधिस डा.लेखनाथ आचार्य, राष्ट्रिय सम्पदाका अध्यक्ष रामबहादुर पौडेल, विद्यालयका सल्लाहकार विष्णुहरि अधिकारी, लुम्बिनी विकास बैंकका व्यवस्थापक प्रकाश चन्द्र पहारी, एसओएस बहिनीका निर्देशक शोभा पहारी, प्याब्सन कास्की, एन प्याब्सन कास्कीका पदाधिकारी, स्थानिय आमा समुहका प्रतिनिधी लगायतले शुभ–कामना मन्तब्य राखेका थिए । उनीहरुले विद्यालयका हालसम्मका गतिविधी उत्कृष्ट भएको बताउँदै यस्ता क्रियाकलापलाई निरन्तरता दिन पनि आग्रह गरे ।

सो अबसरमा विद्यार्थीहरुले विभिन्न साँस्कृतीक कार्यक्रमहरु प्रस्तुत गरेका थिए । साथै विद्यालयले सञ्चालन गरेको अतिरिक्त तथा शैक्षिक क्रियाकलापमा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

विद्यालयका प्रधानाध्यापक अर्जुन पाण्डेको अध्यक्षतामा सम्पन्न समारोहमा विद्यालका प्रशासक बविता भण्डारीले स्वागत तथा शिक्षक भरत कुमार रेग्मी र विद्यार्थीहरु स्वयंले कार्यक्रम सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

scroll to top