बिद्यालयलाई पढाई भन्दा सिकाइ केन्द्रको रुपमा बिकास गर्नुपर्छ – जि.शि.अ पौडेल

पोखरा, ७ माघ । जिल्ला शिक्षा कार्यलय कास्की द्वारा पोखरा लेखनाथ – ३३ स्थित  श्री सरस्वती टिका  मा. बि.  मा अबलोकन कार्य सम्पन्न गरिएको छ । अबलोकनका  क्रममा बिद्यालयमा  पढाईलाई भन्दा सिकाइ केन्द्रको रुपमा बिकास गर्न सबैले आ-आफ्नो क्षेत्रबाट दायित्व पुरा गर्न सके लक्ष्य पुरा गर्न सकिने कुरा जि. शि . अ. नरेन्द्रराज पौडेलले बताएका थिए ।

त्यसै गरी गुणस्तरिय शिक्षा प्रदान गरेर बिश्व बजारमा बिक्न सके त्यही नै उपलब्धी हुने र कुनै पनि शैक्षिक क्षेत्रको बिकासका लागी अभिभाबक, शिक्षक , विद्यार्थी, बिद्यालय ब्यबस्थापन समिती तथा सरोकारवाला निकायहरुले जिम्मेबारी पूर्ण ढङले आ-आफ्नो क्षेत्रबाट दायित्व पुरा गर्नसके सफल हुन सकिने कुरा उक्त कार्यक्रममा बताएका थिए ।

जि.शि.अ.नरेन्द्रराज पौडेल सहित उप – जि. शि. अ. दामोदर सुबेदी,  श्रोत ब्यक्ती – हेमराज आचार्य, बिद्यालय ब्यबस्थापन समिती अध्यक्ष ऋषिराज आचार्य, शिक्षक अभिभावक संघ अध्यक्ष -गणेश ढकाल, जनप्रतीनिधी एबम बि. ब्य. समिती सदस्य दिपक लामिछाने, प्रधानध्यापक लाल प्रसाद भन्डारी लगायतका ब्यक्तीहरुको उपस्थिती रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित