बोका र कुखुरा बेचेर २/४ हजार पोका पार्छु, अनि गाउने धोका पुरा गर्छु – माया गुरुङ

पोखरा, ७ माघ । “गाउँ शहरमा लमजुङ दरबार मायालाई दिने थियो फुल जस्तो जोवन भइ सक्यो मेरो घरबार” यो गित तीन दशक पहिला को हो, सायद यो गीत नसुन्ने नेपाली त कमै नै छन् होला ।

यो गितकी गायीका माया गुरुङ अझैपनि यो गित विभिन्न ठाउँमा गाउदै हिड्छीन् । उमेरले बुढेसकाल लागेपनि उनको स्वरमा कत्ती पनि बुढेसकाल लागेको पाइदैन । अझैपनि उनि गित संगितमा धेरै गर्ने सोच रहेको बताउछीन् । उ बेला पनि अन्तरजातिय प्रेम बिवाह गरेकी माया गुरुङले अन्तरजातिय विवाह गरेकै कारण लामो समय सम्म नागरिकता पाइनन् । यी कुरा खोल्दा उनि भावुक हुन्छीन् र आँखाभरी आँसु देखिन्छन् ।

जिवनमा धेरै दुख पाए पनि, उमेरले नेटो काट्दै गएपनि उनलाई गित गाउन पाए अझै १७ वर्ष जस्तै छु जस्तो लाग्दो रहेछ । माया गुरुङ भन्छिन् – “मैले गाउन छोडेको छैन, कहिले बोका बेचेर जान्छु, कहिले कुखुरा बेचेर जान्छु, २/४ हजार पोका पार्छु, मेरो धोका पुरा गर्छु ।” माया गुरुङलाई अब एकल साँझ गर्ने धोको छ । उनले भनेकी छन्, “मलाई एकल साँझ गर्ने धोका छ, मायालाई माया गर्नेहरुको साथ र सहयोग पाएँ भने म छिट्टै एकल साँझ गर्नेछु ।”

अहिलेसम्म पनि सार्वजनिक नभएका करीब ५०/५५ रचनाहरु अझै आफुसंग रहेको उनि बताउछीन् ।

तिनै कलाकार माया गुरुङसंग हामीले केहि कुराकानी गरेका छौँ । हेर्नुहोस यो कुराकानी मन परे आफ्नो फेसबुकमा सेयर गर्न नभुल्नुहोला ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top