खानेपानी मुहान मर्दीखोलामा सफाइ

पोखरा, ६ माघ । पोखरामा जारी बृहत सफाइ अभियान महानगरका मुख्य सहरी क्षेत्रमा वितरित खानेपानी मुहानको माछापुच्छे« गाउँपालिका वडा न. ८ र ५ जोड्ने रिभान पुलसँगै मर्दीखोलामा सम्पन्न भएको छ।

हप्तामा एक घण्टा  राष्ट्रका लागि स्वयंसेवा भन्ने उद्घोषका साथ संचालित ८६ औं श्रृंखलाको अभियानमा झण्डै २७ बोरा फोहरमैला संकलन गरिएको नागरिक समाज पोखराका अगुवा शशी तुलाचनले बताएकी छन् ।

यसअघि, माछापुच्छे« गाउँपालिका वडा न. ९का वडा अध्यक्ष दुर्गाबहादुर क्षत्रीले राष्ट्रिय गान बजाएका थिएभने वडा न. ८ का वडा अध्यक्ष कृष्णप्रसाद दवाडीले उपस्थित सहभागीलाई सरसफाइ र राष्ट्रिय भावनाको शपथ गराएका थिए ।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर अधिकारी क्षत्रीले पूर्ण सरसफाइ उन्मुख वडाका अध्यक्षलाई १० थान डोको, १० प्याकेट डिस्पोजल ग्लोब र २ वटा सावेल हस्तान्तरण गरेका थिए ।

त्यस्तै, जिल्ला वन कार्यालय कास्कीका तर्फबाट ५ थान थुन्से डोको डस्टबीन प्रयोजनका लागि हस्तान्तरण गरिएको थियो ।

जिल्ला समन्वय समितिका प्रमुख क्षत्रीले मर्दीको फोहरमैला उठाएर कार्यक्रम शुभारम्भ गरेका गरेका थिए । कार्यक्रममा वडा न. ५ का वडा अध्यक्ष जुमबहादुर गुरुङले अबदेखि उक्त क्षेत्रमा फोहोर मैला हुन नदिन विशेष पहल गर्ने प्रतिबद्धता जनाए ।

यसपटकको सफाइ अभियानलाई वडा प्रहरी कार्यालय बगर, जिल्ला समन्वय समिति कास्की, क्षेत्रीय अनुगमन तथा सुपरीवेक्षण कार्यालय, नेपाल खानेपानी संस्थान, मुक्तिनाथ विकास बैंक, ओम डेभलपमेन्ट बैंक, एनआईसी एशिया बैंक, माछापुच्छे« महिला क्लब पोखरा ७, अभियान क्लब महिला उपसमिति, विभिन्न क्षेत्रका सामाजिक अभियन्ता, स्थानीय वडाबासी लगायतले ऐक्यबद्धता जनाएको संयोजक रामबहादुर पौडेलले जानकारी दिए ।

अर्को हप्ताको सफाइ अभियान सेती मर्दी दोभानको घाट वडा न. २५ मा हुनेछ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top