टेवानको परिचयात्मक कार्याशाला पोखरामा

पोखरा, ६ माघ । पर्यटन व्यवसायमा संलग्न महिलाहरुलाई एकिकृत गर्दै क्षमता र नेतृत्व विकासमा टेवा पुया¥याउने मुल उद्देश्यका साथ पर्यटकिय नगरी पोखरामा स्थापना भएको पर्यटन व्यवसायी महिला संघ नेपाल ( टेवान )ले एकदिने परिचयात्मक कार्यशाला गोष्ठीको आयोजना गरेको छ ।

दिगो पर्यटनका लागि समान सहभागिता भन्ने मुल नाराका साथ सञ्चालनमा आएको टेवानले पर्यटन क्षेत्रसंग सम्वन्धित सरोकारवालको बिचमा आप्mना सदस्य तथा सल्लाहकारको परिचयात्मक कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमको उद्घाटन गर्दै महिला तथा बालबालिका कार्यालय कास्कीका कार्यालय प्रमुख लक्ष्मी जि.सी.ले पर्यटन व्यवसायमा महिलाको प्रतिष्ठा, अस्मिता र नैतिकतालाई थप सुरक्षित र शसक्त बनाउन टेवानको भुमिका महत्वपूर्ण रहने बताईन । महिलाको सफलतामा पुरुषको पनि उत्तिकै साथ र सहयोग चाहिने भन्दै जि.सी. ले महिला शसक्तिकरण भनेको विद्यमान चुनौतीहरुलाई चिर्दै थप क्रियाशिल र शसक्त हुनु हो भनिन ।

पोखरा पर्यटन परिषदका अध्यक्ष केदारनाथ शर्माले पोखरामा पोखरामा पर्यटन व्यवसायसंग सम्वन्धित १३ वटा संस्थामा टेवानको उपस्थितले परिषद झन बलियो हुने विश्वास व्यक्त गरे । नेपाल पर्यटन वोर्ड क्षेत्रिय कार्यालय पोखराका प्रमुख सुर्य थपलियाले पर्यटनको विकास र विस्तार संघर्षशिल रहेको बताए । संस्था खोलिनु आफैमा महत्वपूर्ण भएपनि संस्थाले गर्ने सम्पादन गर्ने कामले विशेष अर्थ राख्ने थपलियाले तर्क गरे । संस्थाकी सल्लाहकार मन्धरा ढकालले महिलाहरु सक्रिय रुपमा लागेमा हरेक क्षेत्रका सफलता प्राप्त हुने बताईन । समाजमा महिला आफै क्रियाशिल र शसक्त ढंगले अगाढी वढ्ुनपर्नेमा ढकालले जोड दिईन ।

कार्यक्रममा टानका अध्यक्ष दिपकराज अधिकारी, टेसाका अध्यक्ष नारायण सुवेदी, पर्यटन यातायात व्यवसायी संघका अध्यक्ष बवरजंग गुरुङ, रेवानका अध्यक्ष चौबहादुर गुरुङ, सामुदायिक सेवा केन्द्रका उपाध्यक्ष मिना भट्टराई, पत्रकार महासंघ कास्कीका उपाध्यक्ष विमला भण्डारी, आदर्श समाज राष्ट्रिय दैनिकका व्यवस्थापक दुर्गा वास्तोला, पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य सुष्मा पौडेल, संस्थाकी सल्लाहकार इन्दिरा बराल लगायतले शुभकामना दिएका थिए ।

Advertisement

बाग्लुङ समाज पोखरा बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा निर्वाचित भएकोमा टेवानका महासचिव कमला गिरीलाई सम्मान गरेको थियो । अध्यक्ष लक्की कार्की क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव कमला गिरी र स्वागत उपाध्यक्ष रेणु थापाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

scroll to top