आजको राशिफल | बि.स.२०७४ माघ ०६ गते ।  शनिबार । ईश्वी सन् २०१८ जनवरी २० तारिख

बि.स.२०७४ माघ ०६ गते ।  शनिबार । ईश्वी सन् २०१८ जनवरी २० तारिख । नेपाल सम्बत् ११३८ । साधारण संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९३९ । माघ कृष्ण पक्ष । तिथि तृतिया १२ घडी ५३ पला,दिउसो १६ बजेर ६ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र शतभिषा ५१ घडी ४२ पला,रातको ३ बजेर ३८ मिनेट उप्रान्त पूर्वभाद्रपदा ।  चन्द्रराशि कुम्भ । पञ्चक। तिलकुन्द चतुर्थी।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समय मध्ययम रहेकोले व्यापारमा लगानि गर्नकोलागि केहि समय पर्खनुनै राम्रो हुँनेछ । दाजुभाई तथा आफन्तबाट भने जस्तो सहयोग नहुँने हुँनाले काम गर्न नसकेजस्तो हुँनेछ । सत्रु,मुद्दा मामिला तथा अन्य झन्झटबाट मुक्ति मिल्ने समय नरहेकोले ख्याल गर्नुहोला । माया प्रेममा मनमुटाव बढ्न सक्छ  । सवारि साधन तथा अन्य भौतिक सम्पतिहरु प्रयोग गर्दा ध्यान दिनुहोला । पढाई लेखाई तपाई आफ्नै कमजोरिले बिग्रनेछ । प्रयास गर्दा ईच्चा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ भने रोकिएका कामहरु बन्ने तथा नयाँ काम गर्ने अवसर आउँनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) नयाँ नयाँ कामको प्रस्ताब आउँनेछ भने नोकरिमा बढोत्तरिको योग रहेकोछ । सत्रु परास्त हुँनेछने भने बिद्या तथा प्रतिश्पर्धामा तपाईकै नाम आउँनेछ । व्यापार व्यावसायमा भने जस्तो नाँफा कमाउँन सकिनेछ । छोटो समयमा नाम तथा दाम कमाउँन सकिने हुँदा मन प्रशन्न रहनेछ । सरकारि तथा पैत्रिक धन तथा सम्पति प्रयोग मार्फत रोेजगारि सिर्जना गरि मनग्गे लाभ लिन सकिनेछ । बौद्धिक क्षमतामा बृद्धि हुँनाले राजनितिमा आजको दिन पद पाउँने योग रहेकोछ । प्रतिष्ठित व्याक्तिको सहयोगले उपलब्धिमुलक कामहरु बन्ने तथा सामाजिक क्षेत्रमा नाम कमाउँन सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) समय तथा परिस्थिति अनुशार नचल्नाले दुख पाईनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । अध्ययन तथा अध्यापनमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउँनेछ । भौतिक सम्पती प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला । सरकारि तथा प्रशासनिक कामहरु गर्दा ध्यान दिनुहोला दण्ड जरिवाना तिर्नुपर्ने हुँन सक्छ । आफन्त तथा अग्रज बिच बैमनस्यता बढ्ने ग्रहयोग रहेकोछ सचेत रहनुहोला । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्न सक्छ ध्यान दिनुहोला । माया प्रेममा धोका हुँनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउँनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ भने आम्दानिका स्रोतहरु साघुरिनेछन् । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउँनेछ । खानपिन तथा बाहिरि बाताबरणको ख्याल गर्नुहोला सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउँनेछ । सवारि साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । दिनभर व्यास्त भएपनि न्यून पारिश्रमिकमा चित्त बुझाउँनु पर्दा मन खिन्न हुँनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) एकल तथा साझेदारि व्यापार व्यावसायमा लगानि गरि प्रशस्त नाफा कमाउँन सकिनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा हात लाग्ने हुँनाले आफन्त तथा अग्रजहरु खुसि रहनेछन् । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबिच मायाको डोरो कसिलो हुँनेछ । पारिवारिक यात्रा हुँने अधिक सम्भावना रहेकोछ भने यात्राका क्रममा बिभिन्न स्थलहरुको दृष्यलाई मन मुुटुमा कैद गर्न सकिनेछ । पर्यटन व्यावसाय अगाल्नेहरुले मनग्गे धन आजृन गर्न सक्नेछन् ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) ईष्टमित्र तथा आफन्तका साथ रमाईलो यात्राको अवसर जुर्ने तथा मिठा मिठा परिकार ग्रहण गर्दै दिन कटाउँन सकिनेछ । अदालति निर्णयहरु तपाईकै पक्षमा आउँने तथा सत्रु परास्त गर्दै अगाडि बढ्न सकिनेछ । प्रतिष्पर्धामा प्रतिश्पर्धिको मनोबल गिराउँदै सकारात्मक उपलब्धि हात पार्न सकिनेछ । पुराना स्वास्थ्य सम्बन्धि समस्या हल भएर जाने तथा पुराना लेनदेनका मुद्दाहरु किनारा लाग्नेछन् । अध्ययन अध्यापनमा सुधार हुनुको साथै पुरस्कार जित्न सकिनेछ । व्यापार व्यावसायमा लगानि बढाई आम्दानिका स्रोतहरु बढाउँदै लान सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) अध्ययन तथा अनुशन्धानको क्षेत्रमा अलि बढि समय दिए सकारात्मक नतिजा निकाल्न सकिनेछ । प्रेम गर्ने जोडिहरु आज टाडै बस्नु उचित छ माया प्रेममा धोका हँुन सक्छ । खानपानमा ध्यान दिनुहोला सामान्य पेट सम्बन्धि समस्या आउँन सक्छ । व्यापार व्यावसायमा गरिएको लगानि बाट सोचे जस्तो प्रतिफल प्राप्त नहुन सक्छ । बिभिन्न समस्याको फेस गर्नु पर्दा मानशिक तनाब बढ्नेछ भने खुलेर काम गर्ने वाताबरण नहुँदा आर्थिक क्षेत्र धरासाहि हुँन सक्छ सचेत रहनुहोला । सुधारात्मक क्षेत्रमा गरिएको लगानि त्यसै खेर जानेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) घर जग्गा तथा माटोसँग सम्बन्धित कामहरुबाट मनग्गे नाँफा कमाउँन सकिनेछ भने कृषि तथा पशुपालन व्यावसायबाट राम्रो आम्दानि हुँनेछ । राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहने तथा जनताको पक्षमा कामगर्न सक्दा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । पढाई लेखाईमा भनेजस्तो सफलता हात लाग्ने तथा प्रतिश्पर्धिहरुलाई हराउँदै पुरस्कार तथा प्रशङसा पत्र जित्न सकिनेछ । प्रेममा सामिप्यता बढेर जानेछ । आमा तथा आफन्तको सुझाबलाई सिरोधार्य गर्दै अगाडि बढ्दा गन्तब्य पहिल्याउँन सहज हुँनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) दाजुभाई तथा छिमेकिहरु सँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्त सँग गरिने व्यापार व्यावसायबाट प्रशस्त आम्दानि हुँने ग्रहयोग रहेकोछ । उत्पादित उद्योगमा लगानि बढाई भने जस्तो रुपैया पैसा कमाउँन सकिनेछ । छोटो तथा रमाईलो यात्रा गरि सकारात्मक नतिजा हात लगाउँन सकिनेछ । पराक्रम बढेर जाने हुँनाले जोसिलो काम गर्ने जागर आउँनेछ । सानो प्रयत्नले राम्रो काम गरि फाईदा लिन सकिनेछ भने प्रतिश्पर्धिहरु परास्त हुँनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ । अध्ययन अध्यापनमा प्रगति गरि गन्तब्य भेटाउँन सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) माया प्रेममा धोका हुँन हुँनेछ भने परिवारमा झै झगडा हुँने सम्भावना अधिक रहेको छ । सामान्य स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउँनेछ । बिद्यामा अरु भन्दा पछि परिने हुँदा मन खिन्न हुँनेछ । समय मध्ययम रहेकोले कुनै कामको थालनि गर्दा अग्रज सँग सल्लाह अवस्य लिनुहोला । कामको सवालमा आफ्नै मानिससँग प्रतिश्पर्धा गर्नुपर्नेछ भने प्रतिश्पर्धामा अरुभन्दा पछि परिने चिन्ताले सतार्ईरहनेछ । प्रशस्त समय लगानि गरेपनि समयमा काम नबन्ने हुँदा मनमा निरासा पैदा हुँनेछ । व्यावसायमा लगानि गरेपनि आम्दानि थोरै हुँने हुँदा दैनिक गुजारा गर्न गाह्रो हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यापार व्यावसायमा प्रसस्त नाफा कमाउँन सकिनेछ भने लगानि गर्ने बाताबरण बनाउँन सकिनेछ । तपाईको लुवाई ख्वाई देखेर सबैजना मोहित हुनेछन् । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न हुनेछ । राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले सर्वसाधारणको सहयोग तथा समर्थन पाउँने हुँदा मन प्रशन्न हुँनेछ । समयमा कामहरु सम्पन्न हुँने तथा अरुको काम गरि नाम तथा दाम दुवै कमाउँन सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा थोरै समय लगानि गर्दापनि सकारात्मक नतिजा हात लागि हुँने ग्रहयोग रहेकोछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) स्वास्थ्य सम्बन्धि सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । अल्छि गर्नेबानिले कामहरु बिग्रन सक्छ । अनाबस्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय ब्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिनेछैन । माया प्रेममा सामान्य मनमुटाव सिर्जना हुँनेछ । लामो दुरिको बैदेशिक यात्राको तय हुँनेछ भने बिदेशमा बसेर रोजगारि गर्नेहरुका लागी आजको दिन शिषेश लाभ प्राप्त हुँनेछ । स्वदेशि सामानको उत्पादन तथा बिक्रि घट्न सक्छ भने बिदेशि सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषि तारानाथ उपाध्याय
ज्योतिष परामर्ष सेवा केन्द्र
काठमाडौ नेपाल
फोन नं.९७४१०६८९६२

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top