घाइते अवस्थामा भेटिएको हुचिलको उद्धार 

पोखरा ५ माघ । घाइते अवस्थामा भेटिएको हुचिलको उद्धार गरिएको छ । पोखरा लेखनाथको डांडाको नाकमा घाइते अवस्थामा भेटिएको हुचिललाई उद्धार गरी पोखरामा निर्माणाधिन अवस्थामा रहेको पोखरा अन्तराष्ट्रिय चिडियाखानामा रहेको बन्यजन्तु उद्धार केन्द्रमा राखिएको छ ।
दुइवटा खुट्टामा चोट लागेर घाइते अवस्थामा रहेको हुचिललाई स्थानियले देखेर खवर गरेपछि इलाका बन कार्यालय डांडाको नाकाम कार्यरत जमदार रामचन्द्र पौडेलले पोखरा अन्तराष्ट्रिय चिडियाखाना निर्माण समितीका संयोजक हिमाल बख्रेललाई बुझाएका थिए ।
घाइते हुचिलको निर्माणधिन चिडियाखानामा रहेको बन्यजन्तु उद्धार केन्द्रमा उपचार भइरहेको छ । उद्धार केन्द्रमा हुचिल जस्तै निलगाइ, रतुवा मृग, अजिंगर, किंग कोब्रा, जंगली खरायो, इजिप्सीयन भल्चर, गोठे लाटोकोसेरो, हुचिल लगायतका बन्यजन्तुहरुको उद्धार गरी संरक्षण भइरहेको चिडियाखाना निर्माण समितीका संयोजक बख्रेलले वताए ।
तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top