सनसनीपूर्ण खेलमा जित निकाल्दै रत्न फाईनलमा

पोखरा, ६ माघ । राखेप च्याम्पियनसिप अन्तरगतको ३९ औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलको सनसनीपूर्ण प्रतिस्पर्धामा जित निकाल्दै सेनाका रत्नजित तामाङ्ग शुक्रबार फाईनल प्रवेश गरेका छ ।

सुदूरपश्चिमको महेन्द्रनगरस्थित कभर्डहलमा भएको सेमिफाईनलमा १९ औं नम्बरमा रहेका सुदूरपश्चिमका उदियमान खेलाडी प्रिन्स दाहालले पहिलो सेटमा नम्बर एक खेलाडी सेनाका रत्नजित लाई १५ अंकमा रोक्दै जित निकाले । दोश्रो सेटमा पनि अग्रता कायम गर्दै सनसनीपूर्ण खेल प्रस्तुत गरेका जुनियर खेलाडी प्रिनसले १५–१४को अग्रता कायम गरेको अवस्थामा कोर्टमा लड्न गई घाईते भए । सो सेट रत्नजितले २१–१५ अंकले जिते । अन्तिम तथा निर्णायक खेलमा रत्नको ८ र प्रिन्सको ३ अंक रहेको अवस्थामा खेल खेःल्न नसक्ने भएपछि प्रिन्सले खेल छोडे र रत्नजितले फाईनलमा स्थान पक्का गरे ।

३३ बर्ष पछि भएको राष्ट्रिय ब्याडमिन्टनको पुरुषकै एकल तर्फको अर्को खेलमा घरेलु दर्शको साथ पाएका एपिएफका दिपेश धामीले सेनाका नविन श्रेष्ठलाई २१–१३, २१–९ले पाखा लगाउंदै उपाधीका लागि सेनाका रत्नसंग प्रतिस्पर्धा गर्ने भएका छन् ।

नेपाल ब्याडमिन्टन संघको तत्वावधान तथा महेन्द्रनगर ब्याडमिन्टन संघको अयाोजनमा भएको प्रतियोगिताको महिला एकलमा सेनाकी नङ्गशल तामाङ्गले एपिएफकी शिक्ष श्रेष्ठको फाईनलमा सामना गर्ने भएकी छिन् । नङ्गशलले एपिएफकी शोभा गौचनलाई २१–१३, २१–११ले पाखा लगाईन् । यस्तै शिक्षाले सेनाकी अमिता गिरी माथि २२–२०, २१–१५ को जित निकाल्दै फाईनलमा उपाधीको लागि सेनाकी नङ्गशल संगका भेट पक्का गरिन् ।

यस्तै पुरुष जोडी तर्फको खेलमा सेनाका रत्नजित र नविन श्रेष्ठको जोडलिे फाईनलमा उपाधीको लागि एपिएफका दिपेश धामी र विजित थापामगरको जोडी संग प्रतिस्पर्धा गर्ने भएको छ । तामाङ्गको जोडीले सेमिमा एपिएफका साजन कृष्ण ताम्राकार र सुदीप सेंढाईको जोडीलाई २१–१५, २१–१५ को समान अन्तरले पराजत गर्दै फाईनmल प्रवेश गरेका हुन् । यस्तै दिपेशको जोडीले सेनाका सुरोज महर्जन र प्रफुल महर्जनको जोडीलाई २२–२०, २१–१७ ले पराजित गरे ।

महिला जोडी तर्फको खेलमा एपिएफकी पुजा श्रेष्ठ र शिक्ष श्रेष्ठको जोडी फाईन पुगे । श्रेष्ठ जोडीले सेनाका अमिता गिरी र रशिला महर्जनको जोडीलाई २१–९, २१–८ले पाखा लगाउंदै फाईनलमा सेनाका नङ्गशल र अनुमायाको जोडी संग भेट पक्का गरे । नङ्गशल र अनुको जोडीले पूर्वाञ्चलका जेशिका गुरुङ्ग र सुनैना मुखियाको जोडीलाई २१–१५, २३–२५ र २१–१९ को जित निकाले ।

Advertisement

यसै गरि मिस्क जोडी तर्फको खेलमा सेनाका नङ्गशल र रत्न दिदिभाईको जोडीले एपिएफका साजन कृष्ण ताम्रकार र शिक्षा श्रेष्ठको जोडीलाई २१–१८, २१–११ले र एपिएफका विजित थापा मगर र शोभा गौचनको जोडीले आफ्नै क्लबका दिपेश धामी र पुजा श्रेष्ठको जोडीलाई २१–१४, १६–२१, २१–१८ले पराजित गर्दै फाईनल भेट पक्का गरे ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top