छोरेपाटनमा शिक्षक बिदाइ कार्यक्रम सम्पन्न

पोखरा, ०५ माघ । पोखरा लेखनाथ महानगरपालिका वडा न.१७ छोरेपाटन स्थित छोरेपाटन मा.बि मा शिक्षक बिदाइ कार्यक्रम सम्पन्न भएको छ । लामो समयबाट बिधालयमा कार्यरत रहे पनि बिभिन्न कारणबस बिधालयबाट गएका शिक्षकहरुलाई आज एक कार्यक्रम गरि बिदाइ गरिएको हो  ।
बिधालयको मा.वि तहमा सामाजिक बिषय अध्यापन गराउने माधब पहारी,गणित बिषयका गोबिन्द भण्डारी र बिधालयको लेखा शाखामा कार्यरत जीवनाथ बराललाई बिदाइ गरिएको हो  ।बिदाइ कार्यक्रममा बोल्दै बिधालयका प्रधानाध्यापक लक्ष्मण थापाले,”बिधालयमा सगै काम गर्ने सहकर्मीहरुले बिधालय छोडेर जादा आफुलाई नरामाइलो लागेको र जीवनमा मिलन बिछोड चलिरहने र यस्तै मिलन बिछोडले नै जिन्दगिलाइ प्रगति तर्फ डोराउने बताउनु भयो ।”
उक्त कार्यक्रममा बिधार्थीहरुको तर्फबाट ६ मा अध्यनरत छात्रा अन्जना सुवेदी,९ कि समिक्ष्या भुजेल र ८ मा अध्यनरत छात्र आशिस काफ्लेले  शिक्षकहरुसगको अनुभब सुनाउनुका साथै आगामी दिनका लागि शुभकामना व्यक्त गरेका थिए  ।त्यस्तै शिक्षकहरुको तर्फबाट बिद्यालयका स.प्रधानाध्यापक बद्रीनाथ पहारी र डिल्लीराम शर्माका साथै शिक्षिका लक्ष्मी देबकोटा लगायतले आफ्ना सहकर्मी सगको अनुभब सुनाउनुका साथै शुभकामना व्यक्त गरेका थिए ।

Advertisement

बिदाइ गरिएका गोबिन्द भण्डारी र माधब पहारी अझै पनि शिक्षण पेसामा आबद्ध छन् भने जीवनाथ बराल बैंकमा कार्यरत छन् ।कार्यक्रमको संचालन बिधालयका शिक्षक विजय भट्टराइले गर्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

scroll to top