कोही साँचो बोलेको छ कि झुुट यसरि पत्ता लगाउन सकिन्छ

कसैको झुुट पत्ता लगाउनका लागि कुनै ज्ञानको जरुरत पर्दैन । केही सामान्य जानकारीकै आधारमा तपाईं कोही साँचो बोलेको छ कि झुुटो भन्ने पत्ता लगाउन सक्नुुहुन्छ । अमेरिकाको FBI ले पनि यो तरिका अपनाउने गरेको पाइन्छ ।

शारीरिक संकेत
झुुटो बोलिरहेको मान्छे तपाईंसँग आँखा जुुधाएर कुरा गरिरहेको नाटक गरे पनि उसको शरीरको माथिल्लो हिस्सा तटस्थ हुन्छ । ऊ झुुटो हाँसो हाँस्ने प्रयास गर्छ भने आवाज मधुरो हुन्छ । विज्ञानले यसलाई पत्ता लगाउन अनेकौं सूचकहरु तय गरेको छ । यदि तपाईं विज्ञान, सुुन्ने र देख्ने कलालाई एकसाथ जोडेर हेर्नुभयो भने झुुट पत्ता लगाउन अत्यन्तै सजिलो हुन्छ ।

आँखा

अक्सर यस्तो देखिन्छ कि यदि कुनै व्यक्ति झुुटो बोलिरहेको छ भने उ अर्को व्यक्तिको आँखामा हेरेर कुरा गर्दैन । कुरा गर्दा उसको आँखा झुकिरहेको हुन्छ किनकि उसलाई डर हुन्छ कि कतै उसको झुुटो कुरा थाहा नहोस् ।

अनुहारको भाव

झुुटो बोलिरहेको मान्छेको अनुहारलाई नियालेर हेर्दा उसको अनुहारको भाव परिवर्तन भएको पाउनुु हुनेछ । झुुटो बोलिरहँदा उसको अनुहार रातो हुन्छ । उ भित्रभित्रै सर्माइरहेको हुन्छ । त्यसका साथसाथै नाकको प्वाल ठूलो हुनुु, लामो सास फेर्नु, बारम्बार आँखा चिम्लनुु र ओठ टोक्नु यसको इशारा हो कि उसको दिमाग धेरै चलिरहेको छ ।

बनावटी मुस्कान
झुुटो बोलिरहेको मान्छेलाई नियालेर हेर्नुभयो भने उसको मुस्कुराहट बनावटी देखिन्छ । साधारण अवस्थामा मुस्कुुुराउनु र झुुटो बोलिरहेको अवस्थामा मुुुस्कुराउनु अत्यन्तै फरक हुन्छ । उसको बनावटी मुुस्कानलाई ओठ र आँखाले साथ दिएको हुँदैन ।

 

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top