शिविर २ सय ६ जनाको आखा जाँच

पोखरा ४ माघ । पोखरा लेखनाथ महानगरपालिका वडा नम्वर १६ सामुदायिक महिला विकास समितिको रजत वर्षको  अवसरमा निशुल्क आँखा शिविर विहिबार सम्पन्न भएको छ । समितिको घाटी पाटनमा रहेको कार्यालयमा  आयोजना गरेको एक दिने शिविरमा २ सय छ जनाको आँखा जाँच गरिएको  छ  । आँखा शिविरमा हिमालयन आँखा स्पतालको प्राविधिक सहयोग रहेको थियो ।

शिविरमा हिमालयन आँखा अस्पतालका डा.अनिल चौधरी, देवी गौतम, समिता गुरुङ, सौरभ बाँनियाँ, गौतम बानियाँ सिमा थापाले आँखा गरेका थिए । कार्यक्रम सामुदायिक महिला विकास समितिका अध्यक्ष पदमकुमारी अधिकारीको अध्यक्षतामा भएको थियो भने संचालन सचिव देवी थापा कार्कीले गरेकी थिइन् ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top