४ नं. प्रदेश अन्तर्गत घटेका घटना तथा प्रहरी गतिविधिहरु

लमजुङ : सवारी दुर्घटना  १ जना घाईते

मिति २०७४।१०।०४ गते लमजुङ बेशिसहर न.पा. ८ बेशिसहर स्थित  बेसिशहर- मनाङ सडक खण्डमा  मनाङचौतारा बाट  सेराचोक बेसिशहर  तर्फ आउदै गरेको ग १२ प ९६२७ न. को भिआर मोटरसाईकलले  पैदल यात्री बेसिशहर नगरपालिका वडा न. ७ शान्तिटोल बस्ने वर्ष ४५ की बेलमाया घलेलाई ठक्कर दिदाँ घाईते भई उपचारको लागी मोडल अस्पताल बेसिशहर पठाईएको छ । उक्त स्थानमा तत्कालै प्रहरी टोली खटिगई मोटरसाईकल चालकलाई  नियन्त्रणमा लिईएको छ ।

 

कास्की : चितुवा मृत अवस्थामा फेला

आज मिति २०७४।१०।०४ गते अन्दाजी १४:१० बजे पोखरा लेखनाथ महानगरपालिका वडा नं.१३ स्थित आर्वाको जंगलमा मृत अवस्थामा चितुवा फेला परेको छ भन्ने स्थानीय मार्फत खबर प्राप्त हुनासाथ तत्काल व.प्र.का.रामबजार कास्कीबाट प्रहरी टोली खटिगई  जिल्ला बन कार्यालायलाई बुझाईएको छ ।

कास्की : काठमाण्डौ सम्मको धार्मीक यात्रा सुरु

आज मिति २०७४।१०।०४ गते   पोखरा लेखनाथ महानगरपालिका वडा नं.७ एयरपोर्ट अगाडीबाट जैन धर्मका गुरु डा.मणि भद्र मुनि महाराज ज्यु सहित सेतो पहिरनमा ५/६ जनाको सर्बोदय शान्ती पदयात्रा (धार्मीक यात्रा) सुरु भएको र उक्त यात्रा पैदल हिंडेर काठ्माण्डौ सम्म पुग्ने भन्ने बताईएको छ ।  उक्त पैदल यात्रीको टोली आज पोखरा लेखनाथ महानगरपालिका स्थित बुढी बजारमा स्थित बास बस्ने बताईएको छ ।

 म्याग्दी : सवारी दुर्घटना १ जना घाईते

मिति २०७४/१०/०४ गते म्याग्दी बेनी न.पा. ८ गणेश टोल स्थितमा बसपार्क बाट संगम चोकतर्फ आउदै गरेको ध१प ३९३५ नम्बरको मोटरसाईकलले पैदल यात्री जिल्ला म्याग्दी बे.न.पा. ८ नेप्टेचौर बस्ने वर्ष ५० की उजेली किसान लाई ठक्कर दिदा घाईते भई उपचारको लागी जिल्ला अस्पताल म्याग्दीमा ल्याईएकोमा सामान्य उपचार पश्चात थप उपचारको लागि पोखरा मणिपाल रिफर गरीएको छ । उक्त स्थानमा तत्कालै प्रहरी टोली खटिगई मोटरसाईकल चालकलाई नियन्त्रणमा लिईएको छ ।

बागलुङ : गोठमा आगलागि

मिति २०७४।१०।०४ गते बागलुङ जिमिनी न.पा. ६ बस्ने मोहन बहादुर थापाको गोठमा आगालागि हुँदा सोही गोठमा बाधेको १ ओटा भैसीको जलि मृत्यू भएको र गोठ पुर्णरुपमा जलि नष्ट भएको छ । उक्त स्थानमा तत्कालै प्रहरी टोली खटिगई स्थानिय र प्रहरी मिलि आगोलाई नियन्त्रणमा लिईएको छ । आगलागिवाट अन्दाजि २ लाख ५० हजार बराबरको क्षती णएको छ ।

Advertisement

तनहुँ : सवारी दुर्घटना १ जना घाईते 

मिति २०७४।१०।४ गते अन्दाजी १०:२० बजेको समयमा जिल्ला तनहुँ शुक्लागण्डकी नगरपालिका -२ हलेरी स्थित पृथ्वीराजमार्गमा दुलेगौडाबाट पोखरातर्फ जादै गरेको ग२च३९८० नम्वरको हाईलक्सले पैदल यात्री सोहिस्थानका  वर्ष ९ को आयुष मगरलाई ठक्कर दिदा घाइते भई उपचारको लागि मणिपाल अस्पताल पोखरा पठाइएको छ । उक्त स्थानमा तत्कालै प्रहरी टोली खटिगई उक्त गाडी र चालकलाई नियन्त्रणमा लिईएको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top