बालाजु इम्पोरियम कपडा पसलमा आगलागी हुँदा ३० लाख रुपैयाँ बराबरको क्षति

विराटनगर, ३ माघ । विराटनगर महानगरपालिका ९ स्थित बालाजु इम्पोरियम कपडा पसलमा बुधबार विहान आगलागी हुँदा ३० लाख रुपैयाँ बराबरको क्षति भएको छ । विद्युत सर्ट भएर विहान ६ बजे आगो लागेको थियो । आगोले पसलभित्र रहेका कपडा जलेर क्षति पुगेको वडा प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुरेन्द्र सिटौलाले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक सिटौलाले विहान पसलभित्रबाट धुवाँ निस्किएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेकाले पसलमा ठूलो क्षति हुनबाट बचेको थियो । प्रहरी र स्थानीयले तत्कालै सटर फुटाएर आगो नियन्त्रणमा लिएका थिए । विराटनगर ९ स्थित रामविलास अग्रवालको घरमा राखिएको सो पसल प्रचण्ड वैधले सञ्चालन गर्दै आएका थिए ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top