fbpx

पोखराका तीन लायन्स क्लवको संयुक्त पदस्थापन सम्पन्न

author

समाचारपाटी

८ महिना अगाडि

पोखरा । पोखरामा तीन वटा लायन्स क्लवको संयूक्तपदस्थापन कार्यक्रम सम्पन्न भएको छ । शनिबार साँझ एक विशेष कार्यक्रमकाबीच लायन्स क्लव अफ पोखरा बिरौटा साझा चौतारी, लयान्स क्लव अफ पोखरा पिस हिमालय सिटी र
लायन्स क्लव अफ पोखरा गलेश्वर सेन्चुरीका वर्ष २०२३–२४ का अध्यक्ष तथा पदाधिकारीहरुलाई एकै पटक पदस्थापन गरिएको हो ।

गत जुलाईमा निर्वाचित पोखरा बिरौटा साझा चौतारीका अध्यक्ष लक्ष्मी बराल आचार्यलाई निवर्तमान अध्यक्ष कल्पना आर्यालले , पिस हिमालय सिटीका अध्यक्ष जगतमोहन गिरीलाई निवर्तमान अध्यक्ष ईश्वरी प्रसाद लम्सालले र गलेश्वर सेन्चुरीका अध्यक्ष सुन्दर श्रेष्ठलाई मोहन अधिकारीले पदभार हस्तान्तरण गर्नुभएकाे थियाे ।

पदस्थापनपछि बोल्दै लायन्स क्लव अफ पोखरा बिरौटा साझा चौतारीका अध्यक्ष लक्ष्मी बराल आचार्यले आफ्नो कार्यकाललाई स्वर्णिम बनाउनका लागि स्वास्थ्य सचेतना कार्यक्रम, लायन्स क्वेष्ट कार्यक्रम, न्यानो कपडा वितरण, स्टेसनरी वितरण, भईपरि आउने विपत्तिमा सहयोग तथा राहत लगायत कार्यक्रम निर्धारण गरेर अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएकाे थियाे ।
त्यस्तै लायन्स क्लव अफ पोखरा पिस हिमालय सिटीका अध्यक्ष जगतमोहन गिरीले आफ्नो क्लवमा सबै क्षेत्रमा आवद्धता भएका सदस्यहरुको रहेको भन्दै उनीहरुको मनोभावनालाई समेटेर कार्यक्रम गर्नेे प्रतिवद्धता व्यक्त गर्नुभयाे ।

उहाँले यसअघिका कार्यक्रमहरुलाई निरन्तरता दिँदै थप रचनात्मक कार्यक्रमहरुपनि आफ्नो कार्यकालमा सञ्चालन गर्ने योजना रहेको सुनाउनुभयाे । कार्यक्रममा लायन्स क्लव अफ पोखरा गलेश्वर सेन्चुरीका अध्यक्ष सुन्दर श्रेष्ठले क्लवले आधा दर्जन बढी कार्यक्रम यसअघि नै सम्पन्न गरिसकेको जानकारी दिनुभयाे । उहाँले गत वर्षजस्तै बाँकी रहेका कार्यक्रमलाई निरन्तरता दिँदै जाने प्रतिवद्धता व्यक्त गर्नुभयाे ।

कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लव ३२५ एमका डिष्ट्रिक्ट गभर्नर भिमलाल पौड्यालले तीन वटै क्लव सामाजिक कार्यमा अब्बल क्लव भएको भन्दै क्लव अध्यक्ष तथा पदाधीकारीहरुको प्रशंसा गर्नुभयाे । उहाँले निवर्तमान अध्यक्षहरुले जस्तै गरि कार्यक्रमलाई निरन्तरता दिन कुनै कन्जुस्याईं नगर्न आग्रह गर्नुभयाे ।

कार्यक्रममा प्रथम डिष्ट्रिक्ट भाइस गभर्नर चण्डीप्रसाद अर्याल, द्वितिय डिष्ट्रिक्ट भाइस गभर्नर धनिराम बराल, डिष्ट्रिक्ट चिफ एड्मिनिस्टेटर किशोर बराल, पीआरओ दीपक खरेल, को–चिफ एड्भाइजर शिवराज आचार्य, चिफ अफ कन्स्यूलर उमानाथ बराल, जिएटी कोअर्डिनेटर चुणामणी बराल लगायतले क्लवहरुले आफूभन्दा कम भाग्यमानी तथा सिमान्तकृत समुदायको हितमा अनुकरणीय कार्य गरेको बताउनुभयाे ।

पहिलो सत्रको कार्यक्रमको अध्यक्षता पोखरा बिरौटा साझा चौतारीका निवर्तमान अध्यक्ष कल्पना आर्याल र दोश्रो सत्रको लक्ष्मी बराल आचार्यले गरेको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक जोन चेयर पर्सनगिता पराजुली र धन्यवाद ज्ञापन रिजन–९ का रिजन चेयर पर्सन भोजराज बराल, झण्डाको अभिवादन गलेस्वर सेन्चुरी र कार्यक्रमको सञ्चालन लायन्स क्लव अफ पोखरा हिमालय सिटीका पूर्व अध्यक्ष एवं सिनियर एड्भाइजर गोविन्द काफ्लेले गर्नुभएकाे थियाे ।


काठमाडौं

शनिबार, बैशाख ८, २०८१

२१.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने

सुजाता र अमृतको नयाँ लोकदोहोरी ‘आलुतामाले’ सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन