फेवातालको अतिक्रमण रोक्ने कस्ले

प्रकाश भण्डारी, नवलपरासी,२ माघ l कास्की जिल्ला अन्र्तगत पोखरा उपत्यकामा पर्ने नेपालकै दोस्रो ठूलो ताल हो फेवा ताल । पोखरा उपत्यकामा पर्ने फेवा ताल आन्तरिक तथा बाह्य पर्यटक हरुका लागी लोकप्रिय मानिन्छ ।

माछापुच्छ्रे तथा अन्नपूर्ण हिमालको मनोरम दृष्य देख्न पाईने यस ताल बैदाम तालको नामले पनि चिनिन्छ । फेवा ताल समुन्द्री सतह देखि ७४२ मिटर को उचाई तथा औषत २८ फिट गहिरो र ५.२३ बर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । अहिले तालको अत्यधिक किनार क्षेत्रहरुमा जलकुम्भी, काठका टुक्रा, पलाष्टीक, जलकुम्भी लेउ, अस्तब्यस्त अबस्थामा रहेका  प्रयोगबिहिन डुङ्गा, ठूला काठका मुढा तथा तालको जमिन अतिक्रमण गरी ब्यापारीक दृष्टिकोणले बनाईएका बिभिन्न संरचनाहरु देख्न सकिन्छ । फेवा तालको पानीको प्रमुख श्रोतको रुपमा हर्पन खोलालाई लिईन्छ ।

तर हर्पन खोलामा आउने बर्षेनीको बाढीले गर्दा फेवाताल बगरमा परिणत हुने अवस्थामा रहेको छ । तालको पानीको श्रोतको रुपमा सिमसार क्षेत्रलाई लिने गरिन्छ । सिमसार मासिनु नै फेवातालको अस्तित्व हराउनु हो । फेवाताल बिश्व सम्पदा सुची अन्र्तगत पर्दछ । फेवा ताल रामसार सुचीमा समेत सूचीकृत भैसकेको अवस्था छ । तर यस्ता बिश्व सम्पदा सूचीमा दर्ता भैसकेका पर्यटकीय तथा धार्मिक स्थलहरु हाल आएर अतिक्रमण र संरक्षण बिहीन अवस्थामा पुगेका छन् । एक त बर्षेनी आउने बाढीले फेवाताल लाई बगरमा परिणत गरेको छ भने अर्कोतिर कमाई खाने भाँडोका रुपमा फेबाताललाई लिएको सर्बबिदितै छ । जमिन अतिक्रमण गरी फेवाताल किनारका बिभिन्न स्थानमा व्यापार व्यवसाय गरिएको छ भने बिगतमा र हालको अवस्थामा पनि लुकिछिपि फेवातालको जमिन किनबेच भै रहेको सामाजिक क्षेत्रमा काम गर्दे आउनुभएका स्थानीय जानकार व्यक्तिहरु ले गुनासो गर्नुभयो ।

 

पोखरा लाई कर्मथलो बनाउनु भएका समाजसेवी स्थानीय निलकण्ठ कोईराला जि कै आग्रहमा फेवाताल को सबै किनारा भ्रमण गरी त्यहाँको अवस्थाको बारेमा जान्ने मौका पाएँ । उहाँले गुनासो गर्नुभयो यसरी नै अतिक्रमण गर्दे जाने हो र सम्बन्धित निकायले बेलैमा नसोच्ने हो भने फेवातालको अस्तित्व के होला ? फेवातालको बिग्रंदो अवस्थालाई मध्यनजर गर्दे सम्बन्धित निकाय सम्म खबरदारी गरेर उहाँको मनमा उठेको कुरालाई सक्दो मेटाउने प्रयत्न गर्दे यो बिषय उठान गर्न पुगेको छु । तसर्थ समयमै फेवाताल किनारमा निर्मीत भवन, प्लटिङ्ग, व्यपारीक घर टहरा, अव्यवस्थित बसाई, तथा फोहोरमैला व्यवस्थापन नगर्ने हो भने पोखरा उपत्यकाकै पर्यटनको आधार फेवाताल छिट्टै बगरमा परिणत हुनेमा द्धिमत छैन् त्यसैले सम्बन्धित निकायको बेलैमा आँखा खुल्नु जरुरी छ ।

लेकसाईडको भित्री कथा
प्रत्येक दिन आन्तरिक तथा बाह्य पर्यटकहरु मनोरञ्जनका लागी यहाँ आउने गर्दछन् । तर उनीहरुलाई सबैकुरा जान्ने बुज्ने फूर्सद पनि हुँदैन र ध्यान पनि दिँदैनन् । फेवातालमा डुङ्गा शयर तथा लगायतका बिभिन्न पर्यटकीय स्थल को दर्शन गरेपश्चात उनीहरुको एकचरणको यात्रा सकिएको मान्छन् । तर नजिकबाट नियालेर हेर्ने न त आन्तरिक पर्यटक छन न त बाह्य पर्यटकहरु नै । केबल पर्यटन व्यवसायीलाई पैसा कमाउने र घुम्न आउने पर्यटक हरुलाई पैसा खर्च गर्ने र सकेसक्म जोगाउने ध्याउन्न मात्र हुन्छ ।

कुन ठाँउमा कुन उपयोगिताको लागी कति खर्च गरेँ कति जायज हो भन्ने कमैले हेक्का राखेको पाईन्छ । पोखरा बसाईको केही दिन लेकसाईडमा बस्ने निधो गरे अनुरुप केही दिन लेकसाईडकै भिन्न भिन्न होटलमा बसेँ । होटलको कोठा देखि लिएर बिहानको खाजा खाना,लगायत नास्तामा समेत चर्को शुल्क लिएको पाँए । प्रत्येक होटलमा आफनै मर्जि चल्छ । आफनै मूल्यसूची रहको छ । कसैले पनि केही दिन बस्ने आन्तरीक तथा बाह्य पर्यटकलाई कमाई खाने भाडोका रुपमा लिन्छन् । न त उनीहरुले आफुले गरेको कमजोरीको सुधार गर्दछन न त जबाफदेही नै । मूल्य अनुसारको होटलका कोठाहरुमा सुबिधा छैन । हरेक कुरामा चित्त बुझाउने मात्रै काम गर्दछन् । होटल व्यवसायीहरुकै सिको गरेर सडक किनारामा खोलिएका होटल तथा चिया पसलै हरु पनि मौकामा चौका हानेकै हुन्छन् ।
शनिबार बिहान करिब ९ बजेको समयमा केही साथीहरु फेवातालको भ्रमण तथा ताल बाराही मन्दिरको दर्शन पश्चात बाराही चोक देखि केही भित्रको एउटा खाजा पसल प्रबेश  गर्यो   ।

खाना खाने समय भएको हुँदा हलुका खाजा खाने सल्लाह बमोजिम तिन कप चिया र चार ओटा अन्डा उसिनेको खायौँ तर खाजाको रकम सोध्दा थाहा भयो कि हामी खानाकै पैसा तिर्दे छौँ भनेर । साहुनीले हतार हतारमा ३६५ भयो भनेर उम्किन खोजिन् । तर यति ठूलो रकम त नउठन् पर्ने दिदी खाजाको मूल्य के कति होला भनेर बुझ्ने कोशिस गरेँ । उनी त्यती नै हो नी नपत्याए आफै जोड्नुस भन्दै कड्किन र आफै काउन्टरको क्याल्कुलेटर निकालेर जोडेँ तर मेरो हिसाबमा २४० भन्दा माथिको हिसाब नै निस्कीएन् । आश्चर्य मान्दै साहुनीलाई भने दिदी हिसाब त २४० मात्रै आउँछ तर तपाईको हिसाबमा कसरी ३६५ आयो भने तर उनी अलि हच्किन खोजिन र अलि ठूलो स्वरमा हडबडाउदै भनिन हतारमा जोडेको फरक परेको होला भन्दै उनी उम्किन खोजिन तर मैले तपाई हतारमा हुनुहुन्छ भनेर हिसाब फरक देखाउन मिल्दैन हामी आफुले खाएको खाजा नास्ता को न पैसा तिर्ने हो तपाई यसरी हतारमा हिसाब जोड्या भनेर उम्किन नखोज्नुस सही तरिकाले होटटल चलाउनुस ठग्ने नियत नगर्नुहोला आज म ठगिए भोली कोही यसरी नठगिउन भन्दै म आफनो गन्तब्यमा लागेँ र त्यो दिन देखि उक्त साहुनी होटल अगाडीको बाटो नि हिड्न उचित ठानिन र फरक बाटो अंगाल्दै बाराही चोक आउने बाटो तय गरेँ ।

मैले बाटो बदल्दैमा उनी सुध्रिने त हैन तर उनको निच स्वभाब र व्यवहार सम्झेर त्यो बाटो हिड्न मन लागेन । उनी जस्ता यहाँ कैँयो व्ययापारी हरु छन जहाँ यसरी नै जानाजान ग्राहक हरुको ढाड सेकिरहेका छन् । निकम्मा रकम असुलिरहेका छन् । यसरी नै म जस्ता व्यक्तिहरु धेरै ठगिएका छन । तर महङ्गीको नाममा झनै ढाड सेक्ने काम व्यापारी हरुले गरेका छन् ।  नियमनकारी निकायबाट समय समयमा अनुगमन नहुनु , कमाएको व्यक्ति आएर खर्च गर्ने थलोका रुपमा मात्रै हेरिनु बिडम्बनाको कुरा हो ।

समय समयमा अनुगमन हुनु, मूल्य सूची सबैले देख्ने गरी राख्नु, दोषिलाई कारबाही गर्दे निश्चित नियम भित्र रहेर व्यापार व्यवसाय गर्न होटल व्यवसाी संघ तथा सम्बन्धित निकायले खबरदारी गर्नु जरुरी छ । आन्तरीक तथा बाह्य पर्यटकको नजरमा समग्र पोखरा बासीको ईज्जत माथि दाग लाग्ने काम कसैबाट हुनुहुँदैन् । एक रुपैया थोरै तथा बढि तिरेर हामी गरिब हुने पनि होईन र धनी नै । सबै नियममा चल्नु पर्दछ । समय समयमा यस्ता व्यापारी हरुले सजाय पाउने हो भने पर्यटकीय पोखरा माथि कसैको बितृष्णा जाग्ने थिएन् । सम्बन्धित निकायको समयमै ध्यान जाओस ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

scroll to top